प्रधान मन्त्रीलाई राष्ट्रपतिले भने, 'सबैलाई सहमतिमा लिएर काम गर्नुस्'

काठमाडौँ, भदौ ३१ -  राष्ट्रपति डा रामवरण यादवले सबै राजनीतिक दललाई सहमतिमा लिएर शान्ति र संविधान लेखनको कार्य सम्पन्न गर्न प्रधानमन्त्री बाबुराम भट्टराईलाई आग्रह गरेका छन्। मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे आफूलाई जानकारी दिन आएका प्रधानमन्त्रीलाई राष्ट्रपतिले सो आग्रह गरेका हुन्।
विस्तृतमा

गृह प्रशासन ‘राम्रो' पार्न सचिवको सरुवा : गृह मन्त्री गच्छदार

अजित तिवारी, विराटनगर, भदौ ३१ - उप-प्रधान तथा गृह मन्त्री विजयकुमार गच्छदारले गृह प्रशासनलाई राम्रो र प्रभावकारी बनाउन गृह सचिव फेरेको बताएका छन्। उनले गृह प्रशासनलाई राम्रोसँग बुझेका ‘अनुभवी र निष्पक्ष' सुशिलजंग राणालाई सचिवमा ल्याएर जनतालाई शान्ति सुरक्षाको अनुभूति दिलाउने दाबी गरे।
विस्तृतमा

प्रधान मन्त्रीको अभिव्यक्ति : 'तानाशाही प्रवृत्ति'

काठमाडौ, भदौ ३१ (नागरिक) - शान्ति प्रक्रियाप्रति कांग्रेस र एमाले गैरजिम्मेवार ढंगले प्रस्तुत भएको प्रधानमन्त्री भट्टराईको अभिव्यक्तिमा कांग्रेस र एमालेका नेताले आपत्ति प्रकट गरेका छन्। कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले 'विपक्षलाई आरोप लगाएर प्रधानमन्त्रीले गलत काम गरेको' बताए।
विस्तृतमा

तीन दल सहमति नजिक

काठमाडौं, भदौ ३१ (नागरिक) एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियाका मुद्दामा प्रमुख दलहरु सहमतिको नजिक पुगेको बताएका छन्। एवीसी टेलिभिजन र सर्वहारा कोषले गरेको अर्न्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले शान्ति प्रक्रियामा केही दिनमा नै सोचेभन्दा वढी सकारात्मक प्रगति हुने बताए।
विस्तृतमा

गृह सचिवमा राणा

काठमाडौं, भदौ ३१ (नागरिक) -प्रधानमन्त्री बाबुराम भट्टराईले 'एक महिनासम्म सचिव सरुवा नगर्ने' घोषणा गरेको तीन साता नबित्दै शुक्रबार सरकारले गृहसचिव लिलामणि पौडेलको ठाउँमा सुशीलजंग राणालाई ल्याउने निर्णय गरेको छ।
विस्तृतमा

मुद्दा फिर्ताबारे 'सोचेर सल्लाह दिनु राम्रो'

'बमको महाभियोग छिटो टुंग्याऊ'-
काठमाडौं, भदौ ३१ (नागरिक)-प्रधानन्यायाधीश रेग्मीले द्वन्द्वकालका माओवादी नेताविरुद्ध लगाइएका मुद्दा फिर्ता लिने सम्बन्धमा महान्यायाधिवक्ताले सरकारलाई 'सोचेर सल्लाह दिनुपर्ने' बताएका छन्। माओवादी नेतृत्वको सरकार गठनलगत्तै महान्यायाधिवक्ता नियुक्त मुक्ति प्रधानले माओवादी कार्यकर्ताविरुद्ध रहेका सबै मुद्दा फिर्ता हुने बताउँदै आएका छन्।
विस्तृतमा

योग्यको सूची बनाउन आवेदन

गोविन्द परियार, काठमाडौं, भदौ ३१ -संवैधानिक निकायमा सार्वजनिक सूचनामार्फत आवेदन लिई नियुक्ति प्रक्रिया अघि बढाइने भएको छ।संवैधानिक परिषद बैठकले शुक्रबार नियुक्तिसम्बन्धी यस्तो कार्यविधि ल्याएको हो।
विस्तृतमा

पत्रकार ढकालमाथिको आक्रमण छानवीन गर्न एमालेले आयोग बनायो

काठमाडौं, भदौ ३० (नागरिक) एमाले केन्द्रीय कमिटी वैठकले पत्रकार खिलानाथ ढकालमाथि भएको कुटपिट र त्यस घटनापछि युवा संघका अध्यक्ष महेश वस्नेतले दिएको अभिब्यक्तिका विषयमा छानविन गर्न उपाध्यक्ष अशोक राईको नेतृत्वमा आयोग गठन गरेको छ।
विस्तृतमा

शान्ति बिना संविधान सम्भव छैन : कांग्रेस नेता देउवा

ललितपुर, भदौ ३०- नेपाली कांग्रेसका वरिष्ट नेता शेरबहादुर देउवाले शान्ति प्रक्रिया टुङ्गोमा नलागेसम्म संविधान सम्भव नहुने बताएका छन्। माओवादीले साँच्चिकै शान्ति र संविधान चाहेको भए ऊ पूर्ण जिम्मेवारीका साथ अघि बढेमात्र संविधान सम्भव हुने उनको धारणा थियो।
विस्तृतमा

संवैधानिक अंगमा खुला प्रतिस्पर्धा गराउने कार्यविधि पारित

योग्य व्यक्ति छान्न १५ दिने सूचना निकालिने-
काठमाडौं, भदौ ३१ (नागरिक)- संवैधानिक अंगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने कार्यविधि पारित भएको छ। शुक्रबार बसेको संवैधानिक परिषदको बैठकले योगदान, जिम्मेवारी तथा कार्यसम्पादन हेरी योग्य व्यक्तिलाई नियुक्त गर्न कार्यविधि पारित गरेको हो।
विस्तृतमा

राज्यमन्त्री नराख्न प्रधानमन्त्रीको पहल

आजको सपथ स्थगित-
काठमाडौं, भदौ ३० (नागरिक)- प्रधानमन्त्री बाबुराम भट्टराईले आज दिउँसो १ बजे राज्यमन्त्रीहरुलाई गराउने भनिएको सपथको कार्यक्रम स्थगित भएको छ। मन्त्रिमण्डल सानो आकारको बनाउन चाहिरहेका प्रधानमन्त्रीले राज्यमन्त्री नै नराख्नका सत्ता साझेदार दलहरुसँग छलफल गरिरहेका छन्।
विस्तृतमा

प्रधानमन्त्रीद्वारा संसदमा सम्बोधन, सहमतिका लागि आह्वान (पूर्ण पाठ)

काठमाडौँ, भदौ ३० (नागरिक)- प्रधानमन्त्री बाबुराम भट्टराईले आज बिहान  व्यवस्थापिका संसदमा सम्बोधन गर्दै  दलहरुलाई मेरो गोरुको बाह्रै टका छाडी आशंकै आशंकामा समय बर्बाद नगरी ठोस समस्याको ठोस समाधान खोज्न आह्वान गरेका छन्। आगामी अढाइ महिना रोमाञ्चककारी र निर्णायक दिन हुने बताउँदै प्रधानमन्त्री भट्टराईले भने,'यी दिनमा या शान्ति र संविधान पूरा हुनेछ या दुवै प्रक्रिया भंग भएर देश भयङ्कर दुष्चक्रमा फँस्नेछ। अरु कुनै विकल्प छैन।' 
विस्तृतमा

संवैधानिक निकायमा नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौँ, भदौ ३० (नागरिक)- विभिन्न संवैधानिक निकायमा धेरै समयअघिदेखि रिक्त रहेको पदाधिकारी नियुक्ति बारे छलफल गर्न प्रधानमन्त्री बाबुराम भट्टराईले आज दिउँसो २ बजे संवैधानिक परिषद्को बैठक डाकेका छन्। प्रधानमन्त्रीमा भट्टराई निर्वाचित भएपछि पहिलो पटक परिषद्को बैठक बस्न लागेको हो।

विस्तृतमा

राज्यमन्त्रीहरुको शपथ आज

काठमाडौँ, भदौ ३० (नागरिक)- प्रधानमन्त्री बाबुराम भट्टराईले आज दिउँसो १ बजे राज्यमन्त्रीहरुलाई शपथ गराउने भएका छन्। मधेसी मोर्चाका तर्फबाट राज्यमन्त्री हुनेहरुको सूचि हिजै बुझाइसकिएको भए पनि हिजो मन्त्रीहरु मात्र राखेर मन्त्रिपरिषद् पुनर्गठन गरिएको थियो।
विस्तृतमा

मंसिरसम्म कसैको आलोचना गर्दिन : दाहाल

काठमाडौं, भदौ ३० (नागरिक)- एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया र संविधानको मस्यौदा सम्पन्न गर्न पार्टी लागेको जनाउँदै 'मंसिरसम्म कसैको आलोचना गर्दिन' भनेका छन्।
विस्तृतमा

तेस्रोपटक मन्त्रिपरिषद् विस्तार, मन्त्रीको संख्या २१

राज्यमन्त्री राखिएन-
काठमाडौँ, भदौ २९ (नागरिक)- प्रधानमन्त्री बाबुराम भट्टराईले आज थप छ मन्त्रीसहित तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। विस्तारपछि अब मन्त्रीको सङ्ख्या २१ पुगेको छ। नवनियुक्त मन्त्रीहरुले आजै शपथ लिएका छन्।
विस्तृतमा

हेडक्वाटरको भण्डाफोर गर्छौ : गजुरेल

अजित तिवारी, विराटनगर, भदौं २९ - एकीकृत माओवादीका सचिव चन्द्रप्रकाश(सिपि) गजुरेलले सिविरको चाबी बुझाएको विषयमा 'हेडक्वाटर'ले आत्मआलोचना नगरे नेतृत्वको राजनीति भण्डाफोर अभियान थाल्ने धम्की दिएका छन्। पार्टी नेतृत्वले आफूहरुमाथि 'ज्यादती' बढाएको आरोप लगाउँदै उनले जनमुक्ति सेनालाई भूतपूर्व सेना बनाउने षड्यन्त्र भइरहेको बताए।
विस्तृतमा

जमिन फिर्ता गर्न खोजे प्रतिकार गर्ने वैद्यपक्षको धम्की

दिलबहादुर छत्याल, धनगढी, भदौ २९ - कव्जा गरिएका जमिन तथा सम्पती फिर्ता गराउन सरकारले निर्देशन दिए पनि माओवादी उपाध्यक्ष मोहन बैद्य पक्षधरले प्रमुख जिल्ला अधिकारीलाई भेटी फिर्ताको पहल नगर्न दवाव दिएका छन। सरकारी परिपत्र आएकै दिन उनीहरुले जमिन फिर्ता गराउन खोजेमा प्रतिकारमा उत्रने चेतावनी दिए।
विस्तृतमा

राष्ट्रसंघमा अल्पविकसितका मुद्दा नेपालले उठाउने

सुरेन्द्र पौडेल, काठमाडौं, भदौ २९ -संयुक्त राष्ट्रसंघको ६६औं महासभामा नेपालले अल्पविकसित राष्ट्र (एलडिसी) का मुद्धालाई विशेष रुपमा उठाउने भएको छ। अमेरिकाको न्यूयोर्कमा मंगलबारबाट सुरु भएको महासभामा एलडिसी समुहको 'दश बर्षे इस्तानबुल कार्य योजना' कार्यन्वयन गर्ने वातावरण सृजना गर्न नेपालले विकसित राष्ट्रलाई विशेष आग्रह गर्ने छ।
विस्तृतमा
Page 4 of 29
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय