मन्त्रिपरिषद् आजै विस्तार हुने

को को बन्दैछन् नयाँ मन्त्री-
उजिर मगर/गोविन्द परियार, काठमाडौँ, भदौ २९ (नागरिक)- प्रधानमन्त्री बाबुराम भट्टराईले मधेसी मोर्चा र माओवादीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। 'आजै साँझ पाँच बजे मन्त्रिपरिषद् विस्तार हुनेछ' प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामरिझन यादवले नागरिकन्युजलाई बताए।
विस्तृतमा

देउवाको प्रश्न- साँचो बुझाउन चार वर्ष, हतियार बुझाउन कति वर्ष?

काठमाडौँ, भदौ २९- नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले माओवादी लडाकु रहेका शिविरका कन्टेनरको साँचो बुझाउन चार वर्ष लाग्छ भने उनीहरूका हतियार बुझाउन कति समय लाग्ने हो भन्ने प्रश्न गरेका छन्।
विस्तृतमा

उपेन्द्र यादवको फोरमलाई सरकारमा सहभागी हुन प्रमको आग्रह

काठमाडौँ, भदौ २९- एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री डा बाबुराम भट्टराईले मधेसी जनअधिकार फोरम नेपाललाई वर्तमान सरकारमा सहभागी हुन आग्रह गरेको छ। एनेकपा (माओवादी)का अध्यक्ष दाहालको निवास नयाँबजारमा आज सरकार विस्तार गर्ने, संविधान लेखनको कार्य पूरा गर्ने, शान्ति प्रक्रिया टुङ्ग्याउने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका सहयोगी विश्वदीप पाण्डेले जानकारी दिए।

विस्तृतमा

विपक्षीबाट नयाँ नयाँ तर्क झिकी बाधा सिर्जना गरियोः प्रधानमन्त्री

काठमाडौँ, भदौ २९ (नागरिक)- प्रधानमन्त्री बाबुराम भट्टराईले विपक्षीहरुबाट नयाँ नयाँ तर्क झिकी त्यसैमा बाधा सिर्जना गरिएको भन्दै असन्तोष प्रकट गरेका छन्। शान्ति र संविधान निर्माणमा तीन महिना भित्र ठोस प्रगति नभए पद छोडिदिने र सफल भए पनि आफै पदमा बसिरहनुपर्ने आवश्यकता नरहने उनले बताए।
विस्तृतमा

प्रधानमन्त्रीलाई एकै दिन ९ सय इमेल

काठमाडौं, भदौ २९ (नागरिक)- प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो इमेल ठेगाना (bhattaraibaburam@gmail.com) सार्वजनिक गरेको तेस्रो दिन बुधबार नौ सय वटा इमेल प्राप्त गरेका छन्।
विस्तृतमा

प्रधानमन्त्री न्यूयोर्क नजान पनि सक्ने

काठमाडौँ, भदौ २९ (नागरिक)- प्रधानमन्त्री बाबुराम भट्टराई शान्ति प्रक्रियामा केही प्रगति देखाउन नसके राष्ट्रसंघीय महासभामा भाग लिन नजान पनि सक्ने उनी निकट एक नेताले जनाएका छन्।
विस्तृतमा

शान्ति प्रकृयामा बाधा भयो भने पद छाड्ने प्रधान मन्त्रीको भनाई

काठमाडौं, भदौ २९ (नागरिक) - प्रधानमन्त्री बाबुराम भट्टराईले असहयोग भए पनि शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याएर छोड्ने बताएका छन्। शान्ति प्रक्रिया र संविधान निर्माणमा बाधा पुर्‍याए भट्टराईले आफू बाहिरिने बताए। 'आफनैभित्र, बाहिरबाट लडाउन सक्छन। कुनै पनि दिन शान्ति प्रक्रियामा बाधा हुन्छ भने र गर्न सकिन भने बाहिरिन्छु,' उनले भने।
विस्तृतमा

खनालको प्रस्ताव पारित

काठमाडौं, भदौ २९ (नागरिक)- एमाले केन्द्रीय कमिटी बैठकले अध्यक्ष झलनाथ खनालको पार्टी एकताबद्ध भएर नयाँ भूमिका सहित शान्ति र संविधान निर्माणमा जुट्नु पर्ने प्रस्तावलाई सुझाव सहित पारित गरेकोछ ।
विस्तृतमा

पार्टी फुटाउने गजुरेलको चेतावनी

रोहित राई, धरान,भदौ २८ - एकीकृत माओवादीका सचिव एवं पूर्वाञ्चल ब्युरो इञ्चार्ज सिपि गजुरेलले आफ्नो विचार समुहमा छलफल, प्रशिक्षण कार्यक्रम गर्दा अर्को पक्षबाट शत्रुतापूर्ण व्यवहार भइरहे पार्टी फुट्नसक्ने चेतावनी दिएका छन्। वैद्य पक्षधरका कार्यकर्ताहरुलाई प्रशिक्षण दिएपछि धरानमा पत्रकार सम्मेलनमा उनले यस्तो चेतावनी दिएका हुन्।
विस्तृतमा

ठाकुर खतराबाहिर

काठमाडौं, भदौ २८ (नागरिक) - तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरको स्वास्थ्यमा सुधार आएको छ। अपरान्ह मुटुमा समस्या देखिएपछि उनलाई गंगालाल हृदय केन्द्रमा भर्ना गरिएको थियो। चिकित्सकका अनुसार उनी अहिले खतरामुक्त छन्। उनको छातीमा पेसमेकर राखिएको छ।
विस्तृतमा

काम गर्न दिए तीन महिनामा सेना समायोजन र संविधान बन्ने पुनको दावी

काठमाडौँ, भदौ २८ - अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको प्रमुख काम तीन महिनामा सेना समायोजन र संविधानको प्रारम्भिक खाका ल्याई सो पूरा गर्ने प्रतिबद्धता जनाएका छन्। 'सरकारलाई काम गर्न दिनुस्, ती दुई काम जसरी भए पनि पूरा गरिनेछ,' उनको दावी छ।
विस्तृतमा

सभासद्लाई घर फर्कन आग्रह

बैतडी, भदौ २८- निर्धारित समयमा संविधान नबनाएको आरोप लगाउँदै सुदूरपश्चिमाञ्चलका नागरिक समाजले सभासदलाई घर फर्कन आग्रह गरेका छन्। थपिएको समयमा समेत संविधान निर्माणका लागि कदम नचालिए, सभासद्हरूलाई अहिलेसम्म दिइएको तलब, भत्तासमेत राज्यलाई फिर्ता गर्नुपर्ने माग उनीहरुले गरेका छन्।
विस्तृतमा

माओवादी- कङ्ग्रेस वैठक : प्याकेजमा सहमति गर्न कङ्ग्रेसको आग्रह

उजिर मगर, काठमाडौं, भदौ २८ - नेपाली कङ्ग्रेसले एकीकृत माओवादीसँग लडाकुकको संख्या, पुनर्स्थापनाको मोडालिटी, तह मिलान लगायतका विषयको प्याकेजमै सहमति गर्नुपर्ने प्रस्ताव अघि सारेको छ। प्रधान मन्त्री निवास बालुवाटारमा सम्पन्न माओवादी-कङ्ग्रेस बैठकमा यस्तो प्रस्ताव ल्याइएको हो।
विस्तृतमा

नेपालको विकासले भारतलाई फाइदा : भारतीय राजदुत

अजित तिवारी, विराटनगर, भदौ २८- नेपालका लागि भारतीय राजदुत जयन्त प्रसादले नेपाल-भारतबीच रोटीबेटीको सम्बन्ध भएकाले भारत सरकार हरसम्भव सहयोग गरिरहने बताएका छन्।
विस्तृतमा

दाहाल पक्षीय भेलाद्वारा वैद्य पक्षलाई कारवाहीको माग

दिलीप पौडेल, बाग्लुङ, भदौ २८- एकिकृत नेकपा माओवादीको संस्थापन पक्षको भेलाले वैद्यपक्षधर नेतालाई कारवाहीको माग गरेको छ। माओवादी जिल्ला सह इन्चार्ज धनप्रसाद सापकोटाको अध्यक्षतामा बसेको दाहाल पक्षीय भेलाले यस्तो निर्णय गरेको हो।
विस्तृतमा

भ्रष्टाचार ठहर भएका चतुर्वेदी अदालतमा

सजायमा २० प्रतिशत छुट-
विनिता दाहाल, काठमाडौं, भदौ २८- भ्रष्टाचार गरेको ठहर गर्दै डेढ वर्ष कैदसहित जरिवानाको सजाय सुनाइएका नेपाल वायुसेवा निगमका पूर्व अध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी  अदालतसमक्ष उपस्थित भएका छन्। अदालतको फैसला कार्यान्वयन स्वयं उपस्थित भएका चतुर्वेदीले कानुन बमोजिम सजायमा २० प्रतिशत छुट पाएका छन्। 
विस्तृतमा

कब्जा सम्पत्ति कुनै पनि हालत फिर्ता गर्दैनौँ : क्रान्तिकारी किसान

परासी, भदौ २८- अखिल नेपाल किसान किसान सङ्घ (क्रान्तिकारी) नवलपरासीले कब्जा गरेर भूमिहीन सुकुम्वासी र किसानलाई वितरण गरिएको जग्गा कुनै पनि हालतमा फिर्ता नहुने बताएको छ।  एकीकृत नेकपा (माओवादी) नेतृत्वको सरकारले जग्गा फिर्ता गर्ने निर्णय सार्वजनिक गरेकै दिन सङ्घको नवलपरासी एकाईको यस्तो प्रतिक्रिया आएको हो।
विस्तृतमा

'वैद्य पक्षलाई नपर्खी' मन्त्रिमण्डल विस्तार हुने

उजिर मगर, काठमाडौं, भदौ २८- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईबीच उपाध्यक्ष मोहन वैद्य पक्षलाई नसमेटी मन्त्रिपरिषद विस्तार गर्ने सहमति भएको छ।
विस्तृतमा

न्युयोर्क जानुअघि प्रधानमन्त्रीले सम्बोधन गर्ने, इमेलमा गुनासो सुन्ने

काठमाडौं, भदौ २७ (नागरिक)- प्रधानमन्त्री बाबुराम भट्टराईले सर्वसाधारणका गुनासा र अन्य विषयबारे सम्बोधन गर्न राष्ट्रसंघ महासभामा भाग लिन जानुअघि राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन्।
विस्तृतमा
More Articles...
Page 5 of 29
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय