शान्ति प्रक्रियामा अवरोध आए राजीनामा दिन तयार छु : प्रधानमन्त्री

उजिर मगर, काठमाडौँ, भदौ २८- प्रधानमन्त्री बाबुराम भट्टराईले शान्ति प्रक्रियामा अवरोध आएको स्थितिमा तुरुन्त पद छाड्न तयार रहेको बताएका छन्। बालुवाटारस्थित सरकारी निवासमा आज बिहान केही सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पार्टीभित्रैबाट समस्या उत्पन्न गरिएको बताए।
विस्तृतमा

सेनामा अलग्गै इकाइ अमान्य : एमाले

काठमाडौं, भदौ २८ (नागरिक)- एमालेले नेपाली सेनामा जातीय, भाषिक वा सांस्कृतिक अलग्गै इकाइ अमान्य रहेको जनाउँदै माओवादी-मधेसी मोर्चा चारबुँदे सहमतिको विरोध गरेको छ।
विस्तृतमा

शान्ति प्रक्रिया नबढे 'संविधान एक इन्च बढ्न दिइन्न'

काठमाडौं, भदौ २८ (नागरिक)- शान्ति प्रक्रिया नबढेसम्म संविधान निर्माण अघि बढ्न नदिने कांग्रेस-एमाले अडानले मंगलबार संवैधानिक समिति बैठक अनिश्चितकालका लागि स्थगन गरिएको छ।
विस्तृतमा

मोर्चा-माओवादीबीचको विवादास्पद प्रावधान प्रस्ट पार्न एमालेको माग

काठमाडौं, भदौ २७ (नागरिक)- एमालेले एकीकृत माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको चारबुँदे सहमतिका 'विवादास्पद प्रावधानबारे स्पष्ट पार्न र अनुचित कुरालाई खारेज गर्न' माग गरेको छ। सम्झौतामा उल्लेखित प्रावधान 'विवादास्पद, भ्रामक, गलत र हानीकारक भएको' निष्कर्ष निकाल्दै खारेज गर्न माग गरेको हो।
विस्तृतमा

वैद्य समूहको गुटगत भेलामा संस्थापनको अवरोध

गजुरेल चढेको गाडीको चाबी खोसियो-
रोशन साँवा, इलाम, भदौ २७ - एकीकृत नेकपा माओवादीको लिम्बुवान राज्य समितिको वैद्य समूहको गुटगत भेलामा संस्थापन पक्षले अवरोध गरेका छन्। संस्थापन पक्षका कार्यकर्ताहरुले गुटगत भेला गर्न लागेको जनाउँदै केन्द्रिय सचिव एवं पूर्वाञ्चल इञ्चार्ज सिपी गजुरेल चढेको गाडीको चाबीसमेत खोसिदिएका छन्।
विस्तृतमा

प्रम र प्राध्यापकबीच तीन बुँदे सहमति, विश्‍वविद्यालयका ताला खुल्ने

रुवी रौनियार, काठमाडौं, भदौ २७ - विश्‍वविद्यालयका कूलपति तथा प्रधान मन्त्री बाबुराम भट्टराई, सात विश्‍वविद्यालयका उपकूलपति र आन्दोलनरत प्राध्यापकहरुबीच तीन बुँदे सहमति भएको छ। यो सहमतिलगत्तै एक महिनाभन्दा अगाडिदेखि तालाबन्द रहेका ४ विश्‍वविद्यालय खुल्ने भएका छन्।
विस्तृतमा

अमेरिकामा भारतीय प्रम सिंह र नेपाली प्रम भट्टराईबीच भेटवार्ता हुने

काठमाडौं, भदौ २७ (नागरिक)- भारतीय प्रधान मन्त्री मनमोहन सिंहले नेपाली प्रधान मन्त्री बाबुराम भट्टराईसँग राष्ट्रसंघको महासभामा भेट्ने भएका छन्। छिमेकी मुलुकका सरकार प्रमुखसँग भेट्ने तयारी पूरा भइसकेको छ। यो भेट भट्टराईको भारत भ्रमणमाथि केन्द्रित रहने भारतीय पत्रिका दी हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले जनाएको छ।
विस्तृतमा

माले समाजवादीद्वारा आफ्नै दुई सभासद्‍को पद खारेज गर्न निवेदन

काठमाडौं, भदौ २७ (नागरिक) - नेकपा मालेबाट फुटेर बनेको दल नेकपा माले समाजवादीले आफ्ना दुई सभासद् यदुवंश झा र तिलक बहादुर थापा मगरलाई सभासद पदबाट हटाउन संविधानसभा/व्यवस्थापिका संसदमा निवेदन दर्ता गराएको छ।
विस्तृतमा

द्वन्द्वकालमा माओवादी नेतालाई लागेका सबै मुद्दा फिर्ता हुन्छः महान्यायाधिवक्ता

काठमाडौ, भदौ २७ (नागरिक)- नवनियुक्त महान्यायाधिवक्ता मुक्ति प्रधानले सशस्त्र द्वन्द्वको क्रममा माओवादी नेताहरुमाथि लगाइएका सबै मुद्दा फिर्ता लिने बताएका छन्। २०४६ सालदेखिनै राजनीतिक प्रकृतिको मुद्दा फिर्ता लिन सुरु भएको उल्लेख गर्दै उनले भने-मुद्दा फिर्ता नलिएको भए माधवकुमार नेपाल, केपी ओली, झलनाथ खनाल सबैले ज्यानमार्ने उद्योगमा २० वर्ष जेल सजाय काट्नु पर्दथ्यो।
विस्तृतमा

पूर्वमा वैद्य पक्षको भेला तीव्र

राजु अधिकारी, झापा भदौ २७- लडाकु शिविरको साँचो विशेष समितिलाई बुझाउने पार्टी संस्थापनको निर्णयविरुद्ध उभिएको एकीकृत माओवादीको वैद्य पक्षले पूर्वमा आफू पक्षीय कार्यकर्ताको छुट्टै भेला तीव्र पारेको छ। वैद्य पक्षले सोमबार झापाबाट थालेको आफू पक्षीय भेला मंगलबार पाँचथरमा पनि गरेको छ।
विस्तृतमा

मन्त्रीलाई मितव्ययी बनाउन आचारसंहिता

काठमाडौं, भदौ २७ (नागरिक)- सरकारले मन्त्रीका लागि आचारसंहिता जारी गर्ने तयारी थालेको छ। सोमबार साँझ मन्त्रिपरिषद बैठकमा आचारसंहिताको मस्यौदा बाँडिएको छ।
विस्तृतमा

चार भारतीय नेता नेपाल आउँदै

काठमाडौ, भदौ २७ (नागरिक)- भारतका प्रमुख चार राजनीतिक दलका वरिष्ठ नेता सम्मिलित उच्चस्तरीय प्रतिनिधिमण्डल शनिबार नेपाल आउँदैछ। उनीहरूको भ्रमण निजी भएको बताइएको छ। नेपालमा रहँदा प्रधानमन्त्री बाबुराम भट्टराईसहित सबै दलका प्रमुख नेतासँग भेट्ने कार्यक्रम छ।
विस्तृतमा

म्याद थपपछि बसेको संवैधानिक समितिको पहिलो बैठक टुंगोमा पुगेन

पहिला शान्ति प्रक्रिया पूरा गरः कांग्रेस
काठमाडौँ, भदौ २७ (नागरिक) -संविधान सभाको म्याद दोस्रो पटक तीन महिना थपिएपछि आज पहिलो पटक बसेको संवैधानिक समितिको बैठक कुनै टुंगोमा पुग्न असमर्थ भएको छ।  शान्ति प्रक्रिया निश्कर्षमा नपुगेसम्म संविधान लेखन अघि बढ्न नसक्ने अडान कांग्रेसका तर्फबाट उपसभापति रामचन्द्र पौडेलले राखेका थिए। 
विस्तृतमा

माओवादी-मधेसी मोर्चाबीचको सम्झौता खारेज गर्न एमाले नेताहरुको माग

काठमाडौं, भदौ २६ (नागरिक)- एमाले नेताहरुले एकीकृत माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको चार बुँदे सहमति राष्ट्रिय हित र राष्ट्रिय स्वाधीनताको प्रतिकूल भएको बताउँदै त्यसको खारेज हुनुपर्ने माग गरेका छन्।
विस्तृतमा

तरुण दलका कार्यकर्ताद्वारा कङ्ग्रेस जिल्ला सभापति कुटिए

चाँदनी हमाल, चितवन, भदौ, २६ -तरुण दलको चितवन बन्द समर्थन नगर्दा नेपाली काँग्रेस चितवनका सभापति विकास कोइराला कुटिएका छन्। आफूहरुले गरेको बन्दमा समर्थन नगरी खुलाउन प्रयत्न गरेको भन्दै तरुण दलका कार्यकर्ताहरुले नारायणगढस्थित पार्टी कार्यालयमै सभापति कोइरालामाथि आक्रमण गरेका थिए।
विस्तृतमा

लडाकुको दर्जा निर्धारणमा माओवादीसँग विवाद : शेखर कोइराला

विराटनगर, भदौं २६ (नागरिक) - काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले मंसिर १४ गतेसम्ममा शान्ति र संविधान निर्माण नभए संविधानसभाको औचित्य नरहने बताएका छन्। उनले संविधानसभाको म्याद थप्न अब नमिल्ने र थपिएको अवधिमा शान्ति र संविधान नटुंगिए संविधानसभा बिघटन हुने बताए।
विस्तृतमा

नेपाल सफल हुनु भारत सफल हुनु हो : भारतीय राजदूत

काठमाडौं, भदौ २६ (नागरिक)- नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले नेपाल सफल हुनु भनेको भारत सफल हुनु भएको बताएका छन्। उनले नेपालले विद्यमान समस्या हल गर्दै सफलतातर्फ अगाडि बढे भारत पनि सफल हुने बताएका हुन। नेपाल भारत सम्बन्ध अझै विकसित र सुमधुर बनाउनुपर्ने आवश्यकता रहेका पनि उनले जोड दिए।
विस्तृतमा

दल र राज्यको संरक्षणमा अपराध : मानव अधिकार आयोग अध्यक्ष

सिद्धराज राई, धनकुटा, भदौ २६- राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले राज्य र राजनीतिक दलका नेताहरुले मानव अधिकार पालना नगर्दा आपराधिक गतिविधि बढेको बताएका छन्। उनले दल र राज्यकै संलग्नतामा अपराधीलाई संरक्षण गर्ने र आपराधिक गतिविधि बढाउने कार्यसमेत भएको बताए।
विस्तृतमा

यस्तो छ सुनसरी कङ्ग्रेसको १५ बुँदे घोषणापत्र

विराटनगर, भदौ २६- बिपी जयन्तीको अवसर पारेर आयोजित नेपाली कङ्ग्रेस जिल्ला कार्यसमिति सुनसरीको जिल्ला भेलाले १५ बुँदे घोषणापत्र जारी गरेको छ। भेलाले जिल्लाका सबै समस्यालाई गम्भीरपूर्वक ध्यान दिने र देवानगञ्जका सानु यादवलाई शहीद घोषणा गरी हत्या गर्नेलाई कारबाही हुनुपर्ने माग गरेको छ।
विस्तृतमा
Page 6 of 29
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय