चारबुँदे खारेज गराउन वैद्य समूहको लबिङ

E-mail Print
(0 votes, average 0 out of 5)
उजिर मगर, काठमाडौं, असोज ४ - माओवादी उपाध्यक्ष मोहन वैद्य समूहले मधेसी मोर्चासँग पार्टीले गरेको चारबुँदे सहमति खारेजी माग गरेको छ। मोर्चासँगको सहमतिले 'पार्टी एकताबद्ध राख्न नसकेको' भन्दै वैद्य पक्षधर नेताले देश दौडाहका क्रममा आफू निकट जिल्लास्तरीय नेतालाई सहमति विरुद्ध लबिङ गरिरहेका छन्।

असोज १३ गते हुने केन्द्रीय समिति बैठकमा वैद्य पक्षले चारबुँदे खारेजीलाई एजेन्डाकै रूपमा राख्ने जनाइएको छ।
'चारबुँदेले पार्टीमा एकता कायम गर्न सकेन, कांग्रेस-एमालेलाई सहमतिमा लिन सकेन, त्यही भएर खारेज गर्नुपर्ने वैद्यजीको माग हो,' केन्द्रीय सदस्य तथा क्रान्तिकारी पत्रकार संघका अध्यक्ष महेश्वर दाहालले भने।
स्रोतअनुसार 'चारबुँदे खारेज गरी माओवादीकै नेतृत्वमा राष्ट्रिय सहमति सरकार गठन गर्नुपर्ने' मा जिल्ला तहमा बहस चलाउन वैद्य पक्षले निर्देशन दिएको छ।
अहिले वैद्य पक्षका अधिकांश जिल्ला नेता राजधानीमा भेला भएका छन्।
'मध्यपश्चिमका अधिकांश जिल्लाबाट किरण पक्षधरका सहसेक्रेटरीसम्मका कार्यकर्ता राजधानी गएका छन्, किन गएका हुन्, थाहा छैन,' भेरीकर्णाली क्षेत्रका एक नेताले सुर्खेतबाट नागरिकसँग फोनमा भने।
धेरैले राजधानीमा वैद्य समूहको छुट्टै राष्ट्रिय भेला हुने अड्कल गरे पनि पुष्टि भइसकेको छैन। चारबुँदे खारेज गरेर माओवादीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माण हुनुपर्ने विषयलाई बहसमा लगिने दाहालले बताए।
अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईले चारबुँदे खारेज गरेर कन्टेनरको चाबी बुझाउनु गलत थियो भनी आत्मालोचना गरेमात्रै पार्टी एकताबद्ध हुने उनले बताए। हतियारको चाबी बुझाएको विरोधमा वैद्य पक्ष सरकारमा समेत सामेल भएको छैन।
भट्टराईलाई प्रधानमन्त्री बनाउन पार्टीमा निर्णय गराउन धोबीघाट समीकरण गरेका वैद्य पक्षले चाबी बुझाएको निहुँमा केन्द्रीय समितिको बैठक राख्न माग गरेका थिए। यसअघि २ गते बस्ने भनिएको केन्द्रीय समिति बैठक प्रधानमन्त्री न्युयोर्क जाने तय भएपछि १३ गते सारिएको थियो।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय