कङ्ग्रेस-एमालेले नमाने सरकारले एक्लै रिग्रुपिङ गर्छ : ऊर्जा मन्त्री

E-mail Print
(0 votes, average 0 out of 5)
एकलौटी रिग्रुपिङ आकासको फल : महत-
काठमाडौं, असोज ४ (नागरिक)- एकीकृत नेकपा माओवादीका सचिव एवम् ऊर्जा मन्त्री पोष्टबहादुर बोगटिले कङ्ग्रेस र एमालेले नमाने पनि सरकारले एकलौटीरुपमा सङ्ख्या तोकेर रिग्रुपिङको काम अगाडि बढाउने घोषणा गरेका छन्।
 
रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा मन्त्री बागटीले भने– शान्ति प्रक्रिया र संविधान निर्माण सहमतिमा हुनुपर्ने भए पनि बाध्यतामा सरकारले एकतर्फीरुपमा भए पनि सङ्ख्या तोकेर रिग्रुपिङको कार्य सुरु गर्छ। यसले समायोजनमा सबैलाई दबाब सृजना गर्छ।

उनले शान्ति प्रक्रिया अब माओवादीको कारणले कुनै पनि हालतमा नरोकिने दावी गर्दै कङ्ग्रेस र एमालेका कारणमात्रै रोकिने आरोप पनि लगाए। उनले भने– कङ्ग्रेस र एमालेले शान्ति चाहेका छैनन्। उनीहरु सहमतिमा नआए सरकार एक्लै अगाडि बढ्छ।  प्रधान मन्त्री डा. बाबुराम भट्टराईकै नेतृत्वमा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने गरी आफूहरु सरकारमा आएको दाबी गर्दै माओवादी त्यसमा लचक रहेको बताए।

साक्षात्कारमा नेपाली कङ्ग्रेसका नेता एवम् सेना समायोजन विशेष समितिका सदस्य डा. रामशरण महतले शान्ति प्रक्रिया र संविधान लेखन कार्य सहमतिमा मात्र हुन सक्ने भन्दै माओवादीले भनेजस्तै एकतर्फीरुपमा शान्ति प्रक्रिया अगाडि बढाउनु भनेको आकासको फल खानुजस्तै भएको दाबी गरे।

नेता महतले रिग्रुपिङमा जानुअघि समायोजनको मापदण्ड, दर्जा निर्धारण, जिम्मेवारी र पुनर्स्थापना प्याकेजमा सहमति बन्नुपर्ने भन्दै सहमति नभई एकलौटीरुपमा रिग्रुपिङ गर्छु भन्नु जनता झुक्याउने योजनामात्रै भएको दाबी गरे।

माओवादी पार्टीभित्रको अन्तर्सङ्घर्ष देखाएर शान्ति र संविधान निर्माण कार्यलाई आझेलमा पार्ने षडयन्त्रमा लागेको आरोप लगाउँदै डा. महतले चार वर्षअघि नै बुझाइसक्नुपर्ने साँचो अहिले बुझाउनुमा लडाकु समयोजनसँग कुनै सम्बन्ध नभएको ठोकुवा गरे। बाबुराम भट्टराईको नेतृत्वमा सरकार बनेपछि भएका केही काम र प्रतिबद्धताले शान्ति प्रक्रियाप्रति केही आशा जगाएको भए पनि अहिले आएर त्यो आशमा तुषारापात भएको दाबी पनि उनले गरे।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय