४ बुँदे सहमति विरुद्ध वैद्यपक्ष सशक्त उत्रने

E-mail Print
(0 votes, average 0 out of 5)
उजिर मगर, काठमाडौँ, असोज ४ - एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन वैद्य पक्षधर अगुवा कार्यकर्ताको भेलाले सरकार निर्माणका क्रममा मधेशी दलहरुसँग भएको ४ बुँदे सहमति राष्ट्रिय स्वाधिनता विरोधी भएको ठहर गरेको छ। उक्त मुद्दालाई आगामी १३ गते हुने केन्द्रीय समिति बैठकमा सशक्तरुपमा उठाउने भएका छन्।
पोलिटब्युरो सदस्य पम्फा भुसालले भेलापछि भनिन्, '४ बुँदाको कैयौ कुरा राष्ट्रिय स्वाधिनताविरुद्ध छन्। त्यो खारेज हुनुपर्छ भन्ने यो विचार समूहको राष्ट्रिय छलफलले निश्कर्ष निकालेको छ। यसलाई आगामी केन्द्रीय समिति बैठकमा लगिने छ।'

भेला नयाँ बानेश्वरस्थित ह्वाइट हाउस कलेज नजिकैको कृष्णभोग पार्टी प्यालेसमा भएको थियो। भेलामा उपाध्यक्ष मोहन वैद्य, महासचिव रामबहादुर थापा, सचिव सीपी गजुरेल लगायत जिल्लाका वैद्य पक्षका सह सेक्रेटरीहरु उपस्थिति थियो।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय