अमेरिकी राष्ट्रपति र राष्ट्रसंघका महासचिवसँग प्रधानमन्त्रीको भेट

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौँ, असोज ५ (नागरिक)- प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रसंघका महासचिव बान कि मुन, अमेरिकी राष्ट्रपति बाराक ओवामा लगायतका नेताहरुसँग भेटवार्ता गरेका छन्। गएराति महासचिव बानसँग भएको भेटमा मुलुकको शान्ति प्रक्रिया र संबिधान निर्माणमा भइरहेको प्रगतिबारे छलफल भएको जानकारी प्रधानमन्त्रीका सहयोगी विश्वदीप पाण्डेले दिए।
 

सो अवसरमा बानको जिज्ञासामा प्रधानमन्त्री भट्टराईले सबै दलबीच सहमति गरेर अंघि बढन आफूले प्रयास गरिरहेको बताएका थिए।

यस्तै अमेरिकी राष्ट्रपति ओबामासँग पनि प्रधानमन्त्री भट्टराईले छोटो कुराकानी गरेका छन्। ओबामाले दिएको रिसेप्सन पार्टीका क्रममा दुई देशका सरकार प्रमुखबीच नेपालको शान्ति प्रक्रियाका विषयमा कुरा भएको हो।

यस्तै प्रधानमन्त्री भट्टराई र श्रीलंकाका राष्ट्रपति महिन्दा राजापक्षसँग पनि भेटवार्ता भएको छ। सो अवसरमा लुम्बिनीको विकासमा सहकार्य गरेर अघि बढनेबारे छलफल भएको थियो।

गएराति नै प्रधानमन्त्री भट्टराई र भुटानी प्रधानमन्त्री जिग्मे थिन्लेबीच पनि भेट भएको छ। सो अवसरमा नेपालमा रहेका भुटानी शरणार्थीको स्वदेश फिर्ती बारे छलफल भएको छ। भेटमा प्रधानमन्त्री भट्टराईले शरणार्थी फिर्ता लैजान आग्रह गरेकोमा भुटानी प्रधानमन्त्री थिन्लेले पुनः प्रमाणिकरण गरेर आफ्ना नागरिक स्वदेश फर्काउन तयार रहेको बताएका थिए।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय