सभासद यादव सात दिन थुनामा

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असोज ५ (नागरिक)- रातो पासपोर्ट काण्डमा सोमबार पक्राउ परेका सभासद शिवपुजन राय यादवलाई विशेष अदालतले सात दिन थुनामा राखेर छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धानका नाममा आदेश दिएको छ।
 

विशेषका अध्यक्ष गौरीबहादुर कार्की, सभासदद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले मंगलबार म्याद थपको आदेश दिएको हो।

मंगलबार काठमाडौं जिल्ला अदालतबाट १८ हजार ५ सय धरौटीमा छुटेका उनलाई आयोगको निर्देशनमा प्रहरीले तत्कालै पक्राउ गरी आयोगकै हिरासतमा राखेको थियो।

मधेसी जनअधिकार फोरमका यादवले म्यादी रत्नेचौर गाविसका केदार पौडेललाई आफ्नो कूटनीतिक राहदानीमा फोटो परिवर्तन गरी गएको पुसमा अस्ट्रेलिया पठाएको अभियोगमा प्रहरीले मंगलबार उनीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। यादवको रातो पासपोर्ट दुरुपयोग गरी अस्ट्रेलिया पुगेका पौडेल अझै उतै छन्।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय