अनसन बस्नु 'हास्यास्पद : कोइराला

E-mail Print
(0 votes, average 0 out of 5)
उपेन्द्र लामिछाने, बारा, असोज ५ - नेपाली कांग्रेसकी केन्दीय सदस्य सुजाता कोइरालाले भ्रातृ संगठन विघटन विधान बमोजिम भएको भन्दै त्यसको पुर्नबहालीको माग गर्दै अनसन बस्नु 'हास्यास्पद' रहेको बताएकी छिन्। नेपाल नाई संघको तेस्रो राष्ट्रिय सम्मेलनको बिहीबार वीरगन्जमा उद्‍घाटन गर्न आउने क्रममा बाराको सिमरा विमानस्थलमा कोइरालाले अनसनले कार्यकर्तामाझ नराम्रो सन्देश गएको बताइन्।
 



' विघटन पार्टी सभापतिको अधिकारको कुरा हो, यो विधान बमोजिम भएको छ', 'नागरिक'सँग कोइरालाले भनिन्- ' लोकतान्त्रिक निर्णय फिर्ता गराउन बसेको यो अनसनमा 'हास्यापद' बनेको छ। अनसनले कार्यकर्तामाझ राम्रो म्यासेज नगएको भन्दै यो तुरुन्तै रोकिनु पर्ने बताइन्।'

भ्रातृ संगठन आफै विघटित अवस्थामा पुगेको बताउँदै उनले पार्टी सभापतिको उदार ह्रदयको कारण छलफलमा यो विषय केन्द्रीय समितिको बैठकमा ल्याइएको बताइन्।
'म्याद सिद्धिएका कारण यो आफै विघटित अवस्थामा थियो', उनले भनिन् -' पार्टी सभापतिले प्रजातान्त्रिक विधि अनुसार छलफलमा ल्याउनु भएको हो।'

यता भ्रातृ संगठनको विघटनको विरोधमा देउवा पक्षका नेता-कार्यकर्ता राजधानी लगायतका देशका विभिन्न ठाउँमा अनसन बसेका छन्।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय