अर्थ मन्त्रालयको कार्यभार रायमाझीलाई हैन बोगटीलाई

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौँ, असोज ५ (नागरिक)- अर्थमन्त्री वर्षमान पुनको अनुपस्थितिमा उनको कार्यभार ऊर्जा मन्त्री पोस्टबहादुर बोगटीले सम्हाल्ने भएका छन्। यसअघि स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले अर्थ र शान्ति तथा पुनः निर्माण मन्त्रालयको कार्यवाहक जिम्मेवारी लिने गरी तोकिएको भए पनि आज बोगटीले हेर्ने गरी तोकिएको हो।
 

अर्थमन्त्री वर्षमान पुन यही असोज ६ देखि ८ गतेसम्म अमेरिकाको वासिङ्टन डिसीमा हुने विश्वबैंकको वार्षिक बैठकमा भाग लिन गत मङ्गलबार त्यसतर्फ प्रस्थान गरेका हुन्।

कार्यभार हेरफेरको निर्णय कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदारले गरेका हुन्।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय