चार बुँदे सहमतिका बेला वैद्य र रामबहादुर पनि थिए : गुप्ता

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असोज ५ (नागरिक)- सूचना तथा सञ्चार मन्त्री जयप्रकाशप्रसाद गुप्ताले माओवादी उपाध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापाको उपस्थितिमै चार बुँदे सहमतिमा हस्ताक्षर भएको दाबी गरेका छन्। उनले यो सहमतिलाई राष्ट्रघाती भन्ने माओवादी, एमाले र कङ्ग्रेसले मधेसबाट दुष्परिणाम भोग्नुपर्ने चेतावनी पनि दिए।
उनले चार बुँदे सम्झौतालाई राष्ट्रघाती भएको प्रमाणित गरेर देखाउन कङ्ग्रेस, एमाले र माओवादीको वैद्य समूहलाई चुनौती पनि दिएका छन्।
रिपोर्टर्स क्लब नेपालमा बिहीबार आयोजित साक्षात्कारमा मन्त्री गुप्ताले टुँडिखेलमा सर्वदलीय सम्मेलन गरेर चार बुँदे सहमतिबाट कहाँ राष्ट्रघात र सिक्किमीकरण भयो सार्वजनिकरुपमा छलफल गरेर प्रमाणित गर्न चुनौती दिए।  गुप्ताले मुलुकको आधा जनसङ्ख्या रहेको मधेसलाई अपहेलित गर्ने कामले मुलुकको राष्ट्रियतालाई राम्रो नगर्ने चेतावनी पनि दिए।

सरकार निर्माणअघि कङ्ग्रेस र एमालेले पनि चार बुँदे प्रस्तावमा समर्थन गरेको दाबी गर्दै गुप्ताले सरकारको नेतृत्व गर्न नपाएको र सरकारबाहिर बस्नु परेको पीडाका रुपमा राष्ट्रघात र सिक्किमीकरण जस्तो आरोप आएको आरोप लगाए।  चार बुँदे सहमतिलाई माओवादीको पदाधिकारी बैठकले अनुमोदन गरेको र अहिले विरोध गर्ने उपाध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापाको उपस्थितिमै हस्ताक्षर भएको भन्दै माओवादीले पार्टीभित्रको विवादलाई व्यवस्थित गर्न नसक्दा चार बुँदेमाथि गम्भीरखालको आरोप लगाइएको दाबी गरे। कङ्ग्रेस र एमालेले पनि चार बुँदे स्वीकार गरेका थिए तर हामीले शान्ति प्रक्रिया उनीहरुबाट पूरा नहुने भएकाले माओवादीलाई समर्थन गरेका हौं, उनले थपे- सम्झौता हुने बेलामा अहिले विरोध गर्ने माओवादीको समूहको पनि समर्थन थियो। माओवादीले पार्टीको विवाद व्यवस्थित गर्न नसक्दा यस्तो भएको हो।

उनले पहिला समर्थन गर्ने अनि अहिले आएर यस्तो गम्भीर आरोप लगाउनु मधेसको तर्फबाट अक्षम्य भएको भन्दै माओवादी, कङ्ग्रेस र एमालेले यसको दुष्परिणाम मधेसबाट भोग्नुपर्ने चेतावनीसमेत दिए। उनले चार बुँदे सम्झौतामाथिको आरोप सामान्य राजनीतिक नीति र शिष्टाचार मर्यादाविपरित भएको आरोपसमेत लगाए।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय