कांग्रेस-एमालेलाई पाखा लगाएर शान्ति र संविधान टुंगिदैन : एमाले उपाध्यक्ष

E-mail Print
(0 votes, average 0 out of 5)
इटहरी, असोज ५ (नागरिक)- नेकपा एमालेका उपाध्यक्ष अशोक राईले कांग्रेस र एमालेलाई पाखा लगाएर कुनै हालतमा शान्ति र संविधान टुङ्गोमा पुग्न नसक्ने दावी गरेका छन्। उनले प्रधानमन्त्री बाबुराम भट्टराईले कांग्रेस र एमालेले असहयोग गरे भन्नु हास्याँस्पद भएको बताए।

'आफ्नै पार्टीभित्रको समस्या सुल्झाउन नसक्ने अनि अरुलाई दोष दिनु गलत प्रवृति हो,' प्रेस चौतारी सुनसरी शाखाले बिहीबार इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष राईले भने, 'माओवादीले हतियार वुझाउनु र चाबी फिर्ता गर्नु सकारात्मक पक्ष भएपछि त्यसलाई व्यवहारिक रुपमा उतारेपछि मात्र प्रशंसा गर्न सकिन्छ।'

उनले वर्तमान सरकार असहमतिबाट बनेकाले अघिल्ला सरकारभन्दा फरक नरहेको टिप्पणी गरे। 'अहिलेको सरकारको ध्यान शान्ति र संविधान भन्दा पनि कार्यकर्तालाई द्वन्द्वपीडितका नाममा पैसा बाढ्न र द्वन्द्वकालमा मानवअधिकार हननका घटनामा दोषी आफ्ना कार्यकर्ताऔनेतालाई माफी दिन सक्रिय छ,' राईले भने।

उनले अहिलेकै अवस्थामा थपिएको समयमा पनि संविधान नबन्ने बताए। थपिएको समयमा संविधानको पहिलो मस्यौदामात्रै पनि आए ठूलो उपलब्धी हुने उनको भनाई थियो।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय