ठूला पार्टीका विवादले मुलुकमा सङ्कट पैदा हुने खतरा : केसी

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असोज ५- नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले ठूला पार्टीमा देखिएको गुट, फुट र विवादको राजनीतिका कारण मुलुकमा सङ्कट पैदा हुने खतरा भएको बताएका छन्। प्रजातन्त्रको मूल्य र मान्यतालाई विकास गर्नका लागि नेपाली कांग्रेसको महत्वपूर्ण भूमिका रहेको तर कांग्रेसमा देखिएको अल्पमत र बहुमतको विवादले पार्टीमा अफ्ठ्यारो अवस्था सिर्जना गरेको उनको भनाई थियो।

नेपाल संस्कृत विश्वविद्यालय प्रजातन्त्रवादी कर्मचारी सङ्घ वाल्मिकी विद्यापीठले बिहीबार विजयादशमी तथा दिपावलीको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले कांग्रेस र एमाओवादी पार्टीभित्रको आन्तरिक विवादले शान्तिप्रक्रिया र संविधान लेखनमा अवरोध सिर्जना भएको विचार व्यक्त गरे।

कांग्रेस कमजोर भएमा मुलुकको प्रजातन्त्र कमजोर हुने भएकाले भ्रातृ सङ्गठनमा देखिएको समस्यालाई सम्बोधन गरी एकताबद्व भएर अघि बढनुपर्ने आवश्यक भएको उनहको भनाइ थियो।

पाँचवटा विश्वविद्यालयमा देखिएका समस्या समाधान भए पनि संस्कृति विश्वविद्यालयमा भएको समस्या समाधान गर्न सहज नभएको भन्दै उनले तत्काल समस्या समाधान खोज्नुपर्नेमा जोडसमेत दिए।

वाल्मिकी विद्यापिठका निमित्त प्राचार्य डा लेखप्रसाद निरौलाले संस्कृत विश्वविद्यालयमा थप अन्योल र अराजकता उत्पन्न भइरहेको र तत्काल समाधान गर्नुपर्ने आवश्यकता औँल्याए।

विश्वविद्यालय प्रजातन्त्रवादी कर्मचारी सङ्घका अध्यक्ष बलबहादुर थापाले विश्वविद्यालयमा सरकारले मनोमानी ढङ्गले पदाधिकारी नियुक्ति गरेको हुनाले त्यहाँका कामकाजमा थप अन्योल उत्पन्न भएको विचार व्यक्त गरे। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय