वाणिज्य मन्त्रीले आयल निगमबाट तेल नलिने

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असोज ६ (नागरिक)- वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आयल निगमबाट इन्धन सुविधा नलिने बताएका छन्। उनले आफ्ना मातहतका सबै निकायलाई निगमबाट इन्धन नलिन निर्देशनसमेत दिएका छन्।
'मन्त्रीज्यूले निगमबाट तेल नलिने जानकारी दिइसक्नुभएको छ,' मन्त्रालयका प्रवक्ता गणेश ढकालले बिहीबार नागरिकसँग भने, 'उहाँले मन्त्रालयबाट इन्धन सुविधा पाउने भएकाले अतिरिक्त नलिने बताउनुभएको हो।' यसअघिका वाणिज्य मन्त्रीहरुले मन्त्रालयसँगै निगमबाट तेल लिने गरेका थिए। वाणिज्य मन्त्रीका नातागोता र राजनीतिक पार्टीका कार्यकर्ताले समेत निगमबाट तेल लिने गर्थे। निगममा इन्धन दिने सम्बन्धी कुनै व्यवस्था नभए पनि मन्त्रीको आदेशमा दैनिक दुई सय लिटरभन्दा बढी तेल वितरण हुन्थ्यो।
'विगतमा दैनिक दुई सय लिटरसम्म तेल बाँड्ने गरिएको थियो,' निगमका एक कर्मचारीले भने, 'तेल वितरण सम्बन्धी कुनै व्यवस्था नहुँदा कार्यकारी निर्देशकको तजबिजीमा तेल दिइन्थ्यो।' ती कर्मचारीका अनुसार कार्यकारी निर्देशकले निगममा कुनै व्यवस्था नभएपछि इन्धन खर्चमै यसरी बाँडिएको तेल राख्ने गरिन्थ्यो। कार्यकारी निर्देशकले बोर्ड सदस्यलाई प्रभावमा पारेर यसरी बाँडिएको तेल पारित भइरहेको थियो।
सबैभन्दा बढी वाणिज्यमन्त्री राजेन्द्र महत्तो भएको बेलामा निगमबाट बढी तेल अपचलन भएको थियो। 'सबैभन्दा बढी तेल वितरण महत्तोको पालामा भएको थियो। त्यतिबेला मेची-महाकाली मधेस जागरणको नाममा हजारौं लिटर तेल वितरण भएको थियो,' ती कर्मचारीले भने, 'त्यतिबेला निगमको कार्यकारी निर्देशकको कोठामा तेल लिनेको लाइनै हुन्थ्यो।'
वाणिज्यमन्त्री भट्टले तेल नलिने घोषणा गरेपछि निगमका अधिकारी समेत खुसी भएका छन्। आयल निगम अध्ययन गर्न एमालेको मुख्य सचेतक भीम आचार्यको संयोजकत्वमा गठित समितिले राजनीतिक प्रभावका आधारमा वितरण भइरहेको तेल रोक्न निर्देशन दिएको थियो।
आयल निगम कर्मचारी संगठनका महासचिव शिव अधिकारीले आयल निगमबाट तेल नलिने घोषणा सकारात्मक भएको बताए।
'मन्त्रीले तेल नलिने घोषण गर्नु सकारात्मक हो। तर यसलाई देशव्यापी रुपमा नियन्त्रण गर्न आवश्यक छ,' उनले भने। उनका अनुसार देशव्यापी रुपमा विभिन्न राजनीतिक दल, प्रहरीहरुले तेल लिने गरेका छन्।
'मन्त्रीले तेल नलिएर मात्र हुँदैन। अन्य निकायबाट भइरहेको तेल लिने काम भइरहेको छ,' अधिकारीले भने, 'यसलाई नियन्त्रण गर्न सकेमा निगमलाई सुधार गर्न बाटो खुल्छ।'
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय