दलहरुलाई माओवादीले खेलौना बनाइरहेका छन् : पौडेल

E-mail Print
(0 votes, average 0 out of 5)
अमर खड्का, इटहरी,  असोज ६ - दलहरु आफै सत्तास्वार्थमा केन्द्रित भएका कारण माओवादीले आफूहरुलाई खेलौना बनाइरहेको नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले बताएका छन्। सुनसरीको झुम्कामा जेसिजको कार्यक्रम उद्‍घाटन गर्न पुगेका पौडेलले विस्तृत शान्ति सम्झौता गराउने दलहरुले दबाब दिन नसके माओवादीले यसरी नै खेलौना बनाइराख्‍नेतर्फ उनले सचेत गराए।
 शिविर, हतियार र सैन्य शक्ति कायम राखी शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउन माओवादी नै बाधक रहेको उनको आरोप थियो। 'यो कायम रहेसम्म संविधान बनाउनुको अर्थ हुँदैन,' पौडेलले भने, 'लोकतन्त्र र बहुलवादलाई माओवादीले आत्मसात नगरेसम्म शान्ति र संविधान टुंगोमा पुग्दैन। 

भ्रातृ संस्थाको निर्वाचित निकाय भंग गरिएको विरोधमा देउवा पक्षले थालेको देशव्यापी विरोध अभियान बारे उनले भने, 'यो विवाद केही पनि हैन, छिट्टै साम्य हुन्छ।'
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय