Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Jun 04th

सांसद किनबेच नगरी बनेको यो पहिलो सरकारः प्रमका राजनीतिक सल्लाहकार

E-mail Print
(0 votes, average 0 out of 5)
दिलीप पौडेल, बाग्लुङ, असोज ६- प्रधानमन्त्रीका रानजीतिक सल्लाहकार तथा एकीकृत नेकपा माओवादीका पोलिटव्युरो सदस्य देबेन्द्र पौडेल 'सुनिल'ले बर्तमान सरकार पहिलो पटक सांसद खरिद नगरीकन निर्माण भएको बताएका छन्। विगतमा माओवादीको नेतृत्वमा सरकार बनाउन समेत रकम खर्च भएको उनले स्वीकारे।

 पौडेलले अहिले मधेशवादी दलहरुलाई पैसा खर्च नगरी माओवादी उपाध्यक्ष बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन सघाएको दावी गरे।

क्रान्तिकारी पत्रकार संघ, बाग्लुङले शुक्रवार यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा पौडेलले यस्तो बताएका हुन्। मधेशीसँगको गठबन्धन कसरी बन्यो भन्ने पत्रकारको जिज्ञासामा पौडेलले भने, 'विगतमा सरकार निर्माण गर्दा ठूलो रकमको चलखेल भएको हो। तर, अहिलेको सरकार पैसाको प्रयोग नगरी बनेको पहिलो सरकार हो।'

विगतका सरकारले सांसद खरिद बिक्री गर्न कति रकम खर्च गरे भन्ने बारेमा उनले उल्लेख गरेनन्।

पौडेलले बर्तमान सरकारले शान्ति र संविधानलाई निष्कर्षमा पुर्‍याउने समेत दावी गरे। 'यो रकमको चलखेल नभई निर्माण भएको सरकार हो,' पौडेलले भने, 'यसले सबैका साझा एजेण्डालाई सम्बोधन गर्दै शान्ति प्रक्रियालाइ निष्कर्षमा पुर्‍याउँछ। '

माओवादीभित्रको विवादले एउटै पार्टीमा छौँ कि छैनौँ भन्ने अवस्था आएको पौडेलले बताएका छन्। 'वैचारिक रुपमा बहस, छलफल चल्नु स्वभाविक हो,' उनले भने, ' तर सडकमा ओर्लेर संघर्ष र मसाल बाल्ने कार्यप्रति सोच्ने बेला आएको छ।'

पार्टीभित्रको वैद्य पक्षले मधेशी दलसँगको सम्झौता राष्ट्रघाती भएको बताइरहँदा त्यो सम्झौता राष्ट्रवादी भएको पौडेलको दावी थियो। 'मधेशी पनि यही मुलुकका नागरिक हुन्,' पौडेलले भने, 'यो सम्झौताले आन्तरिक राष्ट्रियतालाई मजवुत पार्नेछ।' प्रधानमन्त्री अमेरिकाबाट फर्किएपछि शान्ति प्रक्रियाले गतिलिने समेत पौडेलले दावी गरेका छन्।

माओवादीले लडाकु समायोजन, घर जग्गा फिर्तामा लचकता अपनाउँदा कांग्रेस र एमाले लगायतका दलले अवरोध सृजना गर्ने प्रयास गरेको समेत उनको आरोप छ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय