Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Jun 04th

पार्टीभित्र अराजकता मच्चाउनेलाई कारबाही गर्नैपर्छ : मन्त्री भट्ट

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असोज ६ (नागरिक)- वाणिज्य तथा आपूर्ति मन्त्री एवम् माओवादी नेता लेखराज भट्टले पार्टीभित्र गुट बनाएर अराजकता मच्चाउने समूहलाई कुनै पनि हालतमा कारबाही गर्नैपर्ने बताएका छन्। पार्टीको विधान र अध्यक्ष नमान्नेले पार्टी छाड्नुपर्ने चेतावनी पनि उनले दिए।

रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा पार्टीको विधान नमान्ने कसैलाई पनि पार्टीमा बस्ने नैतिकता नभएको भन्दै मन्त्री भट्टले अध्यक्ष पुष्पकमल दाहाल त्यसता अराजक समूहलाई कारबाही गर्न दह्रो ढङ्गले उभिनुपर्ने बताए।

महाधिवेशनमा जान डराउने अनि अध्यक्षलाई रुपान्तरण गर्छौ भन्दै भुइँमा गाड्न खोज्ने यो अब पार्टीभित्र चल्दैन। पार्टीको विधान र अध्यक्षलाई मान्दिन भन्नेले पार्टी छाड्नुपर्छ- उनले भने।

पार्टीभित्र जनवाद र अर्न्तसङ्घर्षलाई अगाडि बढाउने विषयमा अराजकता उत्पन्न भएको भन्दै पार्टीभित्रको अनुशासन कायम गर्न पनि कारबाही गर्नैपर्ने बताए। उनले भने- हिजो पनि अराजकता मच्चाउनेलाई कारबाही भएको छ, अब पनि कारबाही हुनुपर्छ। त्यसका लागि अध्यक्षले दह्रो ढङ्गले खुट्टा टेक्नुपर्छ।

मन्त्री भट्टले चार बुँदे सहमति घोषणा सभाको उद्‍घोषण स्वयम् देव गुरुङले गरेको र सो कार्यक्रममा वरिष्ठ उपाध्यक्ष मोहन वैद्य, महासचिव रामबहादुर थापा र सचिव सीपी गजुरेललगायतका नेताहरुको प्रत्यक्ष उपस्थिति रहेको भन्दै  अहिले सोही समूहले सम्झौतालाई राष्ट्रघाती भन्दा आफूहरुलाई आश्चर्य लागेको बताए।  उनले पार्टीभित्र छलफल नै नगरी बाहिर विरोधलाई सार्वजनिक गर्दा नेताहरुको नियतमाथि नै गम्भीर प्रश्न चिह्न खडा भएको बताए। सेना समायोजनमा सङ्ख्यामा कुनै विवाद नभएको भन्दै मोडालिटीमा समस्या रहेकाले त्यसमा सहमति बन्नासाथ समायोजन कार्य अगाडि बढ्ने उनले जानकारी दिए।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय