Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Jun 04th

भट्टराई सरकार सर्वाधिक असफल : एमाले अध्यक्ष खनाल

E-mail Print
(0 votes, average 0 out of 5)
दिलीप पौडेल, बाग्लुङ, असोज ६- नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले वर्तमान सरकार जनआन्दोलनपछिकै सबैभन्दा असफल सरकार हुने दावी गरेका छन्। बाबुराम भट्टराई नेतृत्वको सरकार मदेसवादी दलको कमजोर धरातालमा बनेकाले शान्ति प्रक्रियाको लागि केही काम गर्न नसक्ने उनको दावी थियो।
 

नेपाल कम्युनिष्ट पार्टी एमाले म्याग्दीको पहिलो जिल्ला परिषद् बैठकमा शुक्रबार बोल्दै अध्यक्ष खनालले माओवादीको असहयोगका कारण आफू नेतृत्वको सरकारले राष्ट्रिय महत्वका मुख्य मुद्दामा काम गर्न नसकेको जिकिर गरे।

उनले शान्तिप्रक्रियालाई पूर्णता दिन प्रमुख तीन दलबीच सहमति र सहकार्यको आवश्यकता रहेको बताए। माओवादीका लडाकुको समायोजन बिना शान्तिप्रक्रिया पूरा नहुने खनालको दावी थियो।

उनले लडाकुको नेपाली सेनामा समायोजन गर्नभन्दा अगाडि नै लडाकुको संख्या, मापदण्ड, दर्जा र पुर्नस्थापनाका प्याकेजमा सहमति हुनुपर्ने बताए।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय