Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Jun 04th

कांग्रेस भ्रातृ संस्था विघटन प्रकरण : निर्णयविरुद्ध ३३ सभासदको हस्ताक्षर

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असोज ७ (नागरिक) - कांग्रेसका ३३ सभासदले पार्टी केन्द्रीय समितिले गरेको चार भ्रातृ संस्था विघटन निर्णय तत्काल फिर्ता लिन दबाब दिएका छन्। शुक्रबार राजधानीमा उपलब्ध भ्रातृ संस्था विघटनको विपक्षमा रहेका सभासदले संयुक्त हस्ताक्षरसहित जारी विज्ञप्तिमा विघटन निर्णय तत्काल फिर्ता लिन माग गरिएको छ।

'शान्ति प्रक्रिया र संविधान निर्माणका लागि राष्ट्रिय रूपमै सहमति र एकता आवश्यक रहेका बेला आफ्नै पार्टीभित्र निर्वाचित भ्रातृ संस्था विघटन गर्ने केन्द्रीय समितिको निर्णय अलोकतान्त्रिक, अराजनीतिक र पार्टीभित्र भएका आन्तरिक सहमतिविपरीत छ,' विज्ञप्तिमा भनिएको छ, 'राष्ट्रिय रूपमै अरू दलसँग पनि एकता गर्नुपर्ने बेला पार्टीभित्र निर्वाचित भ्रातृ संस्था विघटन गर्नु अलोकतान्त्रिक र अपरिपक्व निर्णय हो, तसर्थ विघटनको निर्णय तत्काल फिर्ता लिन र ती सबै संस्थाहरूको केन्द्रीय समितिलाई आ-आफ्नो महाधिवेशन सम्पन्न गराउने कार्य गर्न दिन हामी अपिल गर्दछौं।'

विज्ञप्तिमा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाबीच दुई पार्टी एकीकरणका लागि भएको लिखित सम्झौता र एकीकरणसम्बन्धी संयुक्त महासमितिको बैठकको अनुमोदनअनुसार अहिलेकै भ्रातृ संस्थालाई महाधिवेशन गराउन दिनुपर्ने ठहर गरिएको दाबी गरिएको छ।
'पार्टी सभापति सुशील कोइराला र नेता देउवाबीच भ्रातृ संस्था विघटन नगर्ने, उनीहरूलाई नै महाधिवेशन गर्न दिने र त्यसका लागि पार्टीबाट अनुगमन गर्न लगाउने विषयको सहमतिअनुसार नै अहिलेकै समितिलाई महाधिवेशन गर्ने जिम्मेवारी प्रदान गरी पार्टीभित्रको सहमति र एकतालाई कायम राख्न पनि सभापति कोइरालासँग अपिल गर्दछौ्र,' विज्ञप्तिमा भनिएको छ।
उनीहरूले पार्टी केन्द्रीय कार्यालय र विभिन्न जिल्लामा जारी अनशन र शान्तिपूर्ण कार्यक्रममा सहभागी भ्रातृ संस्थाका नेता तथा कार्यकर्ताका मागप्रति ऐक्यबद्धता जनाउँदै शीघ्र समाधान खोज्न नेतृत्वलाई आग्रह गरेका छन् ।
विज्ञप्तिमा उर्मिला थापा, चक्रबहादुर ठकूरी, पुष्पा भुषाल, महा नेपाली, रामसरोज आदव, मीनाक्षी झा, इन्द्रबहादुर गुरुङ, मुन्नीकुमारी गुप्ता, मनमोहन भट्टराई, अम्बिका बस्नेत, रमेश रिजाल, जीवनप्रेम श्रेष्ठ, ईश्वरी न्यौपानेलगायतले हस्ताक्षर गरेका छन्। हस्ताक्षर गर्नेमा लक्ष्मी परियार, महेन्द्र यादव, गोपालमान श्रेष्ठ, सीता गुरुङ, शम्भुहजारा दुसाद, लीला सुब्बा, देवराज जोशी, ललिता किङरिङ, सुनदेवी जोशी, महालक्ष्मी उपाध्याय, कुलबहादुर गुरुङ, कृष्णप्रसाद यादव, पूर्णबहादुर खड्का, मिनेन्द्र रिजाल, रमेश लेखक, ध्यानगोविन्द रञ्जित, विमलेन्द्र निधि, कृष्णकुमारी परियारलगायत छन्।

कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले निर्वाचित भ्रातृ संस्था विघटन गर्ने सभापति सुशील कोइरालाको निर्णय नसच्चिएसम्म आन्दोलन जारी रहने बताएका छन्।
शुक्रबार नेविसंघले कीर्तिपुरमा आयोजना गरेको कार्यक्रममा नेता देउवाले निर्णय नसच्चाएसम्म टिकेप्रथाको विरोध गर्ने बताए। 'यो टिके प्रथाको विरोध त्यतिबेलासम्म गछौैर्ंै, जतिबेलासम्म निर्णय सच्याइन्न,' उनले भने, 'हामी जसरी पनि निर्णय सच्याउन कोइरालालाई बाध्य पार्छौं।'
देउवाले मन नपर्ने, फरक विचार राख्नेलाई सभापति कोइरालाले लखेटेर टिके प्रथाको सुरुआत गरेको आरोप लगाएका थिए। 'हामीले पार्टी फुटाउन विरोध गरेका होइनौं' उनले भने, 'पार्टीभित्रको निरंकुशताविरुद्ध बिगुल फुकेका हौं।'
देउवाले कांग्रेस र कांग्रेस प्रजातान्त्रिक एकीकरणमा भएको सहमति वर्तमान सभापति कोइरालाले लत्याएको आरोप लगाए। 'पार्टी एकीकरण हँुदा तत्कालीन सभापति गिरिजाप्रसाद केाइराला र मैले पार्टी एकता गर्ने संकल्प गरेका थियौं,' उनले भने, 'अहिले एकता भत्काउन खोजिएको छ, तर म पार्टीलाई एकढिक्का बनाएर छाड्छु।'
कोइरालाले कार्यबाहक सभापति हुँदा तीनपटक म्याद थपेरमात्रै पार्टी महाधिवेशन गराएको स्मरण गराउँदै देउवाले निर्वाचित संस्था कसैको सनकले भंग नहुने बताए। '०१७ सालमा पञ्चायतले पनि प्रजातन्त्र खोस्यो, पछि पञ्चायत ढल्यो, पछि ज्ञानेन्द्र (पूर्वराजा ज्ञानेन्द्र शाह) ले पनि प्रजातन्त्र खोसे, उनी पनि ढले,' सभापति कोइरालाप्रति आक्रमक हुँदै देउवाले भने, 'अहिले कांग्रेसको आन्तरिक प्रजातन्त्र खोस्नेको हाल पनि ज्ञानेन्द्रको जस्तै हुन्छ।'

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय