Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Oct 19th

'संवैधानिक अदालत होइन, इजलास'

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असोज ७ (नागरिक) - प्रधानन्यायाधीश खिलराज रेग्मीले नयाँ मान्यताका नाममा संविधानमा अलग्गै संवैधानिक अदालतको व्यवस्थाले न्यायसम्पादन जटिल बन्ने बताएका छन्। उनले सर्वाेच्च अदालतअन्तर्गतकै एउटा संवैधानिक इजलास भने राख्न सकिने बताए।

'संघीय मुलुकमा केन्द्रीय तहमा सर्वोच्च अदालत र संवैधानिक अदालत छुट्टछुट्टै गठन गर्दा त्यसले न्यायसम्पादनमा जटिलता ल्याउँछ,' राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा प्रधानन्यायाधीश रेग्मीले भने, 'सर्वोच्चमै छुट्टै संवैधानिक इजलास गठन गर्नुजत्तिको उचित व्यवस्था अरू हुन सक्दैन।'
संवैधानिक अदालत गठन भए 'न्यायपालिका प्रभावकारी हुन नसक्ने, अधिकार क्षेत्रको विवाद पनि रहिरहने' रेग्मीले जनाए।
अन्य मुलुकका भिन्नै कानुनी प्रणालीमा आधारित संवैधानक अदालतको अवधारणा यहाँ भिœयाइँदा थुप्रै आर्थिक जटिलतासमेत आउने उनको तर्क छ।
संविधानमा संविधानको व्याख्या गर्न छुट्टै संवैधानिक अदालत बनाउनुपर्नेमा दलहरूको सहमतिमा यसअघि नै पूर्वप्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठसहित सर्वोच्चका पाँच न्यायाधीशले आपत्ति जनाएका थिए।
संवैधानिक अदालत छुट्टै बने त्यसले जनतालाई दिने न्यायमा कमी आउने र लोकतन्त्र कमजोर हुने भन्दै उनीहरूले केन्द्रमा सर्वोच्च अदालतमात्रै र त्यसभित्रै संवैधानिक इजलास हुनुपर्ने बताएका थिए।
अधिवक्ता चन्द्रकान्त ज्ञवालीको पुस्तक 'नेपालको संवैधानिक कानुन' विमोचनका क्रममा प्रधानन्यायाधीश रेग्मीले संवैधानिक अदालत र स्वतन्त्र न्यायपालिकाबारे धारणा राखेका हुन्।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय