Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Aug 24th

समाज

'विपत्तिमाथि विपत्ति थपियो'

रोशन साँवा, इलाम, असोज ७ - जमुना– ८ का खुशमान दियालीलाई परिवारका लागि दुई छाक जुटाउनै हम्मे छ। त्यसमाथि श्रीमती मुना रक्तस्रावबाट लामो समयदेखि पीडित छिन्। श्रीमतीलाई जिल्ला अस्पतालमा उपचार गराइरहेका बेला भूकम्प आयो। 'घरले भूकम्प थामेन, भताभुंग भयो,' खुशमानले भने।
विस्तृतमा

'विपत्तिमाथि विपत्ति थपियो'

रोशन साँवा, इलाम, असोज ७ - जमुना– ८ का खुशमान दियालीलाई परिवारका लागि दुई छाक जुटाउनै हम्मे छ। त्यसमाथि श्रीमती मुना रक्तस्रावबाट लामो समयदेखि पीडित छिन्। श्रीमतीलाई जिल्ला अस्पतालमा उपचार गराइरहेका बेला भूकम्प आयो। 'घरले भूकम्प थामेन, भताभुंग भयो,' खुशमानले भने।
विस्तृतमा

अनुमतिविना सञ्चालित ३ मेडिकलमा ताला लगाइयो

समुन्द्र पौडेल, तनहुँ, असोज ६- दर्ताबिना सञ्चालनमा रहेका धादिङ सदरमुकाम धादिङबेशीका तीन मेडिकलमा जिल्ला प्रशासन कार्यालय धादिङले तालाबन्दी गरेको छ। कानुनी प्रक्रिया पूरा नगरेको भन्दै प्रशासनले कृष्ण मेडिकल हल, धादिङ पोलिक्लिनिक र सेमजोङ भुपु सैनिक मेडिकल हलमा तालाबन्दी गरेको हो।
विस्तृतमा

प्रधान मन्त्रीका प्रेस सल्लाहकारले सम्पादकलाई हातपात गरेको आरोप

काठमाडौं, असोज ६ (नागरिक)- जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ तथा प्रबन्ध सम्पादक राजेन्द्र स्थापितलाई प्रधान मन्त्रीका प्रेस सल्लाहकार एवम् प्रेस काउन्सिलका सदस्य रामरिझन यादवले हातपात गरी दुर्व्यवहार गरेको आरोप प्रेस चौतारीले लगाएको छ। शुक्रबार प्रेस काउन्सिल हातामै यस्तो घटना भएको उसले जनाएको छ।
विस्तृतमा

एमालेले पार्टीको नाममा किनेको जग्गा माओवादीद्वारा कब्जा

सइन्द्र राई, खोटाङ, असोज ६– एकीकृत नेकपा माओवादीका कार्यकर्ताले खोटाङ कुभिण्डे गाविस वडा नम्बर-४ स्थित कित्ता नम्बर २२८ मा रहेको एमालेको आठ आना जग्गा कब्जा गरेको छ। एमाओवादीका जिल्ला सदस्य  रामबहादुर राईले नेकपा एमालेको नाममा रहेको उक्त जग्गा कब्जा गरेका हुन।
विस्तृतमा

बंगलादेशमा सार्क अनलाइन मिडिया सेमिनार हुने

काठमाडौं, असोज ६ (नागरिक) - सार्क क्षेत्रका सञ्चार माध्यमलाई थप सशक्त बनाउन सार्क सूचना केन्द्रले सन् २०१२ बाट २३ वटा नयाँ कार्यक्रम सञ्चालन गर्ने भएको छ। कार्यक्रममा अनलाइन मिडिया सम्बन्धी सेमिनार फेब्रुअरीमा बंगलादेशको राजधानी ढाकामा गरिने निर्णय केन्द्रले गरेको छ।
विस्तृतमा

ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु

कलेन्द्र सेजुवाल, सुर्खेत, असोज ६- कालिकोटबाट सुर्खेत आउँदै गरेको लु १ च ४११९ नम्बरको ट्रयाक्टर बिहीबार राति कर्णाली राजमार्गको दैलेख साङ्गेतडामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार चालक अर्जुननाथ योगी र सहचालक दलनाथ योगीको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते छन्।
विस्तृतमा

सडक मर्मत संभारको माग राख्दै धादिङबेँसीमा यातायात बन्द

धादिङ, असोज ६- ग्रामीण सडकको मर्मतसम्भार नगरिँदा यातायात सेवा सञ्चालन गर्न कठिनाइ भएको भन्दै जिविसबाट तत्काल सडकको मर्मत गर्नुपर्ने मागसहित धादिङ यातायात व्यवसायी सङ्घले धादिङबेँसीको यातायात बन्द गरेका छन्।
विस्तृतमा

'भूकम्प क्षति विवरण मन्त्रालयले पत्याएन'

रोशन साँवा, इलाम, असोज ६- पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर र इलामका प्रमुख जिल्ला अधिकारीहरुले भूकम्पबाट क्षति भएको घरको संख्या सुनाउँदा गृहमन्त्रालयले नपत्याएको गुनासो गरेका छन्। क्षतिको विवरणमा विश्वास नगरेकै कारण मन्त्रालयले राहतको व्यवस्था गर्न तदारुकता नदेखाएको उनीहरुको भनाइ छ।
विस्तृतमा
  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  4 
  •  5 
  •  6 
  •  7 
  •  8 
  •  9 
  •  10 
  •  Next 
  •  End 
  • »
Page 1 of 51
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

समाज

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय