समाज

गोरखा कारागारबाट सासु हत्याको अभियोगमा थुनिएका कैदी भागे

सन्तोष पोखरेल, पोखरा, असोज ५- गोरखा कारागारमा कर्तव्य ज्यान मुद्दा खेपिरहेका एक कैदी बिहीबार बिहानै जेलबाट भागेका छन्। सासु हत्याको अभियोगमा कैद सजाय भोगिरहेका चितवन, बगौली-१ का बुद्धिराम दराई सुरक्षाकर्मीलाई छलेर भागेको प्रहरीले जनाएको छ।
विस्तृतमा

दूतावासको राहत वाचापछि दाहसंस्कार

काठमाडौं, असोज ५ (नागरिक)-भुकम्पका कारण बेलायती दुतावासको पर्खाल भत्कदा पुरिएर मारिएका अनुजा श्रेष्ठ, साजन श्रेष्ठ र वीरबहादुर माझीका परिवारले शव बुझेका छन्।
विस्तृतमा

सुडान घोटाला : थुनामै राखेर सुनुवाइ गर्न सर्वोच्चमा निवेदन

काठमाडौं, असोज ५ (नागरिक)- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुडान घोटालाका अभियुक्तलाई थुनामै राखेर मुद्दाको सुनुवाइ गर्न माग गर्दै सर्वोच्च अदालतलाई बुधबार पत्र लेखेको छ।
विस्तृतमा

एम्बुलेन्सबाट रक्तचन्दन तस्करी

केपी ढुंगाना, काठमाडौं, असोज ५- 'बिरामी बोकेर' काठमाडौंबाट तातोपानी हिँडेको एम्बुलेन्सबाट बुधबार बिहान रक्तचन्दन बरामद भएको छ। बा६च ७८८९ नम्बरको एम्बुलेन्स भक्तपुर जगातीमा जाँच्ने क्रममा बिहान एक बजे प्रहरीले बिरामी सुताउने बेडमुनि लुकाएका चारवटा रक्तचन्दनका मुढा भेटेको थियो। एम्बुलेन्समा बिरामी पनि थिए।
विस्तृतमा

बलात्कार मुद्दाका अभियुक्त साधारण तारेखमा रिहा

कलेन्द्र सेजुवाल, सुर्खेत, असोज ५ - काँक्रेबिहार जंगलमा एक युवतीमाथि भएको सामूहिक बलात्कार घटनाका आरोपीमध्ये चारजना सोमबार जिल्ला अदालतको आदेशबाट छुटेका छन्। अदालतले दुईजनालाई साधारण तारेखमा र दुईजनालाई जनही २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो।
विस्तृतमा

उत्कृष्ट फोटो विराटनगरमा प्रदर्शन गरिने

काठमाडौं, असोज ४ (नागरिक) - मेगा बैंक फोटो प्रतियोगितामा छानिएका उत्कृष्ट फोटोहरूको प्रदर्शनी विराटनगरमा हुने भएको छ। गत बैशाखमा प्रतियोगितामा सहभागी ६ सय फोटोग्राफरहरूले खिचेका ४ हजार ९ सय ८९ फोटो मध्ये निर्णयक मण्डलले १ सय ४३ फोटो छनौट गरेको थियो।
विस्तृतमा

आइतबारको भूकम्पमा ६ जनाको मात्र मृत्यु भएको सरकारको दावी

केपी ढुङ्गाना, काठमाडौं, असोज ४ - गत आइतबार साँझ गएको भूकम्पमा परी ६ जनाको मात्र मृत्यु भएको गृह मन्त्रालयले जानकारी दिएको छ। आज मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गृह मन्त्री विजयकुमार गच्छेदारले ६ जनाको मृत्यु र २५ जना गम्भीर घाइते भई उपचाररत रहेको जानकारी दिए।
विस्तृतमा

पैसा लिन आएका वृद्धको मृत्यु

समुन्द्र पौडेल, तनहुँ, असोज ४- विदेशबाट छोराले पठाएको पैसा लिन बुधबार सदरमुकाम आएका तनहुँको कोटदरबार-१ का ६४ वर्षीय तीलबहादुर थापाको दमौलीमा मृत्यु भएको छ। रेमिटान्समार्फत् छोराले पठाएको पैसा झिकेर जिल्ला प्रशासन कार्यालयअगाडि अनसन चोकको चौतारीमा बसेका थापा दिउसो ४ बजे मृत अवस्थामा भेटिएका हुन्।
विस्तृतमा

हचुवाका भरमा पीडितको तथ्याङ्क लिइएकाले राहत पुर्‍याउन समस्या

खगेन्द्र अधिकारी, ताप्लेजुङ, असोज ४- तथ्याङ्क सङ्कलन नै  नगरी अनुमानका भरमा राहतका लागि नामावली तयार पारेको जिल्ला दैवी प्रकोप उद्दार समितिलाई राहतले कसरी पुर्‍याउने भन्ने समस्या परेको छ। गाउँबाट नाम टिपाएको भरमा राहत वितरणको सूची तयार पारिएकाले यो समस्या उत्पन्न भएको हो।
विस्तृतमा
Page 3 of 51
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

समाज

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय