समाज

इन्जिनियरिङ पढ्नेको शुल्कमा कम्तीमा १५ हजार रुपियाँ घटाउने सहमति

काठमाडौँ, असोज ४- तेह्र विद्यार्थी सङ्गठनको बैठकले त्रिविद्वारा सम्बन्धन प्राप्त कलेजहरुमा बिई (ब्याचलर इन इन्जिनियरिङ) अध्ययन गर्न चार वर्षका लागि हाल कलेजहरुले निर्धारण गरेको शुल्कमा कम्तीमा १५ हजार रुपियाँ घटाउने विषयमा  सहमति जनाएको छ।
विस्तृतमा

सशस्त्र समूहका नेता पक्राउ

अमर खड्का, इटहरी, असोज ४- तराईमा सशस्त्र संघर्षरत भूमिगत संगठन जनतान्त्रिक मुक्ति मोर्चाका नेता भीम सिंह पक्राउ परेका छन्। प्रहरीले उनी लगायत ७ जनालाई गौतमपुर-७ बाट पक्राउ गरिएको जनाएको छ। प्रहरीले यस विषयमा जानकारी दिन अहिले अपराह्न ३ बजे पत्रकार सम्मेलन आयोजना गर्दैछ।
विस्तृतमा

एम्बुलेन्सबाट रक्तचन्दनको तस्करी

भक्तपुर, असोज ४- एम्बुलेन्सभित्र नक्कली बिरामी बनाएर तातोपानीतर्फ लैजाँदै गरेको रक्तचन्दन आज प्रहरीले बरामद गरेको छ। महानगरीय प्रहरी प्रभाग जगातेले आज राति सुरक्षा जाँचका क्रममा बा.६च ८७८९ नम्बरको एम्बुलेन्सभित्र नक्कली बिरामी बनाएर लैजाँदै गरेको चार गोलीया रक्तचन्दनसहित दुई जना पक्राउ गरेको छ।
विस्तृतमा

प्रहरी सेवा आयोग बनाउँछु : गृहमन्त्री

काठमाडौं, असोज ४ (नागरिक)- उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले प्रहरी सरुवाबढुवा पारदर्शी बनाउन प्रहरी सेवा आयोग गठन गर्ने बताएका छन्।
प्रहरी प्रधान कार्यालय निरीक्षणमा गएका उनले मंगलबार प्रहरी संगठनलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने वाचा समेत गरे।
विस्तृतमा

सञ्चारमन्त्री गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दामा बहस सुरु

काठमाडौं, असोज ४ (नागरिक)- चार वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको सञ्चारमन्त्री जेपी गुप्ताविरुद्धको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतमा बहस सुरु भएको छ। मंगलबार न्यायाधीशद्वय सुशीला कार्की र तर्कराज भट्टको संयुक्त इजलासमा उपन्यायाधिवक्ता कृष्ण पौडेलले बहस थालेका हुन्।
विस्तृतमा

अनसनकारीहरूको स्वास्थ्य स्थिति नाजुक बन्दै

सुरेश यादव, जनकपुर, असोज ४ - गत भदौ २५ देखि जलेश्वरको दुर्गा चोकमा बसेका अनसनकारीले प्रहरीको अवरोध छल्न मंगलबारदेखि गाउँकै सार्वजनिक स्थानमा आमरण अनसन थालेका छन्।
विस्तृतमा

वीरको क्यान्टिन 'सबैभन्दा फोहोर'

वीरको क्यान्टिन 'सबैभन्दा फोहोर' विष्णु पोखरेल, काठमाडौं, असोज ४ -खाने ठाउँ सफै छ। टेबुल पुछिएकै छन्। भान्साको ढोका खुल्नेबित्तिकै ह्वास्स गनाउँछ। उफ्! शौचालयसँगै रहेको भान्सामा खानेकुरा भुइँभरि छरिएको छ। पकाउन ठिक पारिएको ममः, चाउमिन, तरकारी राखेको भाँडा गाईवस्तुको कुँडो पकाउन प्रयोग हुनेजस्तै छ। चिया पकाउने भाँडा कटकटिएको। चिया उम्लिएर बिरामीले खाने जाउलोमा पोखिएको छ। भान्सापछाडि ढलजस्तै फोहोर। लामो समयदेखि थुप्रिएको फोहोर व्यवस्थापन नगर्दा झिँगा भन्किँदै। भाँडा माझ्ने ठाउँमै खानेकुरा। सड्दै गरेका।
विस्तृतमा

अफगानिस्तानका पूर्व राष्ट्रपति रब्बानीको आत्मघाती बम आक्रमणमा मृत्यु

काबुल, असोज ३ (एजेन्सी)- अफगानिस्तानका पूर्व राष्ट्रपति तथा अफगान उच्च शान्ति परिषद्का अध्यक्ष बुराहनुद्दीन रब्बानीको हत्या भएको अधिकारीहरुले बताएका छन्। रब्बानीको काबुलस्थित घरमा बम आक्रमण भएको बताइएको छ।
विस्तृतमा

राजधानीमा जितिया पर्व

राजधानीमा जितिया पर्व काठमाडौं, असोज ३ (नागरिक)- छोराछोरीको दीर्घायुको कामना गर्दै जितिया पर्व राजधानीमा एक कार्यक्रमका बीच थारु महिलाहरुले मनाएका छन्। थारु महिला समाजद्वारा आयोजित कार्यक्रममा थारु संस्कृतिसँग सम्बन्धित गीत, नृत्य, नाटक, प्रस्तुत गरिनुका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थारु भेषभुषा प्रदर्शन गरिएको थियो।
विस्तृतमा
Page 4 of 51
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

समाज

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय