समाज

'बाजेको पालाका' घर भत्के

'बाजेको पालाका' घर भत्के
सुन्दर खनाल, भक्तपुर, असोज ३- भूकम्पले क्षणभरमै घर भत्किएपछि उनीहरुले छेवैको पाटीमा रात काटे। अनिदो बिताउन घरसँग जोडिएका बाजेबराजुका कथा सम्झे। उज्यालो भएपछि खण्डहर हेर्न मान्छे आएकोआयै गरे, बेलिबिस्तार लगाउँदै दिन बित्यो। फेरि रात कहाँ बिताउने? सोमबार साँझसम्म ठेगान थिएन।
विस्तृतमा

भूकम्पलगत्तै २० जना आउँदा वीर अस्पतालले चाप थेग्न सकेन

भूकम्पलगत्तै २० जना आउँदा वीर अस्पतालले चाप थेग्न सकेन
दीपक दाहाल, काठमाडौं, असोज ३- आइतबार साँझ भुइँचालोलगत्तै २० घाइते एकैचोटी वीर अस्पतालमा उपचार गराउन आइपुगे। अस्पतालको आकस्मिक कक्ष यत्ति चाप थेग्न सक्षम थिएन।

डाक्टर र नर्सको संख्या कम भएकाले एकछिन उनीहरू नै के गर्ने कसो गर्ने अलमलमा परे। बिरामीहरू ठाउँ नपाएर दुखाइ सहँदै पालो कुरिरहेका थिए।
ठूला अस्पताल पाटन र टिचिङमा यही हाल थियो।

यस्तो प्राकृतिक विपत्तिमा प्रत्येक अस्पतालले तत्काल चाहिनसक्ने आकस्मिक सेवा दिन 'र्‍यापिड रेस्पोन्स टिम' राखेको हुनुपर्छ। यहाँ भने साँझ ६ बजेर २५ मिनेट जाँदा भुइँचालो गए पनि कसैले थप डाक्टर र स्वास्थ्यकर्मी बोलाएका थिएनन्। निजी क्षेत्रका अस्पतालले त झन् यस्तो सुविधा दिने कुरै आएन।
विस्तृतमा

युवा संघ कार्यकर्ता हत्या आरोपमा तरुण दलका सदस्य पक्राउ

चाँदनी हमाल, चितवन,असोज ३- युवा संघका कार्यकर्ता संजय लामालाई गोली हानेको आरोपमा तरुण दल चितवनका सदस्य चन्द्रबहादुर लामालाई प्रहरीले नवलपरासीको एक गाउँबाट पक्राउ गरेको हो।
विस्तृतमा

भारी बोकेर गइरहेका किशोरको पहिरोमा पुरिएर मृत्यु

खगेन्द्र अधिकारी, ताप्लेजुङ असोज ३- निरन्तर परेको वर्षाका कारण ताप्लेजुङको थुकिमा पहिरो जाँदा १ जनाको मृत्यु भएको छ। स्थानीय इन्द्र केदेमले दिएको जानकारी अनुसार थुकिम्बा गाविस वाड नं. ४ निवासी १५ वर्षका रविचन्द्र चोङबाङको पहिरोमा परी मृत्यु भएको हो।
विस्तृतमा

भूकम्पबाट २२ जिल्ला प्रभावित, मृतक परिवारलाई तत्काल राहत २५ हजार

एक लाख रुपैयाँ राहत दिन सिफारिश-
काठमाडौँ, असोज २- आइतबार साँझ ताप्लेजुङ जिल्ला र भारतको सिक्किम राज्यको सिमानाबीचमा केन्द्रविन्दु भइआएको ६.८ रेक्टर स्केलको भूकम्पबाट नेपालको पूर्वाञ्चल, मध्यमाञ्चल तथा पश्चिमाञ्चलका २२ जिल्ला प्रभावित भएका छन्। विभिन्न जिल्लाबाट हालसम्म प्राप्त विवरण अनुसार छ व्यक्तिको घटनामा परी मृत्यु भएको छ।
विस्तृतमा

ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु, सात घाइते

कलेन्द्र सेजुवाल, सुर्खेत, असोज २- लेखपराजुल-६ देवीस्थानबाट वीरेन्द्रनगरतर्फ आइरहेको लु २ त १४२७ नम्बरको ट्रयाक्टर सोमबार रत्‍नराजमार्गको सत्तरीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। घाइते सात जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
विस्तृतमा

विद्यार्थीद्वारा प्रध्यापक कार्यालयमै तीन घण्टा थुनिए

पुष्पराज जोशी, डोटी, असोज २- क्याम्पस प्रशासनले आफ्ना माग पूरा नगरेको भन्दै डोटी बहुमुखी क्याम्पसमा स्नातक प्रथम र द्वितीय वर्षमा अध्ययनरत ऐच्छिक अंग्रेजी विषयका विद्यार्थीहरुले प्रध्यापकहरुलाई तीन घण्टा कार्यालयमा थुनेका छन्।
विस्तृतमा

सशस्त्र समूह र प्रहरीबीच भिडन्त, प्रहरी हवल्दारको मृत्यु

उपेन्द्र लामिछाने, बारा, असोज २- सशस्त्र भूमिगत समूह जनतान्त्रिक तराई मधेस मुक्ति पार्टीका कार्यकर्ताले सोमबार बिहान बारामा प्रहरी हवल्दारको गोली हानी हत्या गरेको छ प्रहरीसँगको भिडन्तमा भूमिगत समूहका एक कार्यकर्ताको मृत्यु भएको छ।
विस्तृतमा

छोराछोरीको दीर्घायुको कामना गर्दै जितिया पर्व सुरु

काठमाडौं, असोज २ (नागरिक)- छोराछोरी तथा श्रीमानको दीर्घायुको कामना गर्दै जितिया पर्व राजधानीलगायत तराईका विभिन्न क्षेत्रमा सोमबारदेखि सुरु भएको छ। दुई दिनसम्म चल्ने यो पर्वमा वर्तालुहरु बिहानै सूर्यलाई अर्घ्य चढाई ओठघन गरेर वर्त सुरु गरेका छन्।
विस्तृतमा
Page 6 of 51
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

समाज

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय