समाज

३ सय कुखुरा मरे

काठमाडौँ, असोज २ (नागरिक)- आज बिहान ५ बजे मकवानपुरमा कुखुरा बोकेको जिप दुर्घटना हुँदा ३ सय वटा कुखुरा मरेका छन्। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार
मनहरी ४ स्थित महेन्द्र राजमार्गमा ग १ च ५८५१ नं. को कुखुरा बोकेको जिपलाई ठक्कर दिँदा ३ सय वटा कुखुरा मरेका हुन्।
विस्तृतमा

उपत्यकामा २२ घर भत्कियो, ६८ घाइते

आत्तिएर भाग्ने क्रममा अधिकांश घाइते-
केपी ढुंगाना, काठमाडौँ, असोज २- आइतबार गएको भूकम्पबाट उपत्यकामा २२ वटा घर भत्किएका छन्। महानगरीय प्रहरी आयुक्त कार्यालयका अनुसार सबैभन्दा धेरै भक्तपुरमा १४ वटा घर भत्किएका छन्। काठमाडौंको साँखुमा ५ वटा र स्युचाटारमा २ वटा घर भत्किएको छ भने ललितपुरमा एउटा मात्र घर भत्किएको छ।
विस्तृतमा

भूकम्पबाट तर्सेर ५ वर्षीया बालिकाको मृत्यु

झापा (काँकडभिट्टा), असोज २- झापाको मेचीनगर नगरपालिका–१० काँकडभिट्टाकी एक बालिकाको गएराति भूकम्पले तर्सेर मृत्यु भएको छ।  मेचीनगर–१० भानुटोल निवासी कृष्णप्रसाद घिमिरेकी पाँच वर्षीया छोरी आयुषाको यसरी मृत्यु भएको प्रहरीले जनाएको छ।
विस्तृतमा

भुकम्पले तिब्बतमा सातको मृत्यु

पूर्ण बस्नेत, हङकङ, असोज २- आइतबार साँझ गएको ठूलो भुकम्पले नेपालसँग सिमाना जोडिएको तिब्बतमा सात जनाको ज्यान लिएको छ भने २२ घाइते भएका छन्। ६.९ रेक्टर स्केलको भुकम्पले यदोङ जिल्लाको थुप्रै ठाउँमा पहिरो जाँदा ट्राफिक अस्तव्यस्त भएको छ। सञ्चार, पानी र विद्युत सप्लाई पनि टुटेको छ।
विस्तृतमा

किशोरको हत्यापछि चितवनमा बजार बन्द

रमेशकुमार पौडेल, चितवन, असोज २- घरमै बसेको बेलामा धारिलो हतियार खुँडा प्रहारबाट ज्यान गुमाएका चितवन मंगलपुर विजयनगरका १७ वर्षीय किशोर विराज विकको हत्यारालाई तत्काल समातेर कारवाही गर्न माग राख्दै मंगलपुरवासीले सोमबार बिहानदेखि भरतपुर र नारायणगढमा प्रदर्शन सुरु गरेका छन्।
विस्तृतमा

भूकम्पबाट ७ को मृत्यु पुष्टि, १५६ घर पूर्ण रुपमा क्षति

काठमाडौँ, असोज २ (नागरिक)- विभिन्न मिडियामा सातभन्दा बढीको मृत्यु भएको समाचार आए पनि हिजोको भूकम्पमा थप दुई जनाको गरी सात जनाको मात्र  मृत्यु भएको सरकारले पुष्टि गरेको छ।  दैवी प्रकोप व्यवस्थापन महाशाखाका प्रमुख शंकर कोइरालाले धनकुटा र संखुवासभामा एक-एक गरी दुईको मृत्यु भएको जानकारी नागरिकन्युजलाई दिए। 
विस्तृतमा

पूर्वमा ठूलो क्षति

काठमाडौँ, असोज २ (नागरिक)- भूकम्पबाट पूर्वमा सबैभन्दा बढी क्षति भएको छ। धरानमा दुई जनाको मृत्यु भएको छ भने पूर्वका अधिकांश जिल्लामा सरकारी तथा निजी घर भत्किएका छन्। केही घाइते छन्।
विस्तृतमा

काठमाडौं विश्वकै जोखिमपूर्ण शहर

श्याम भट्ट, काठमाडौं, असोज २- आइतबार साँझ ६ बजेर २५ मिनेट जाँदा ६ दशमलब ८ रेक्टरस्केल क्षमताको भुकम्पले काठमाडौं त्रासमा पर्‍यो । सर्वाधिक भीडभाड हुने काठमाडौंको न्युरोड नजिकका बासिन्दा आत्तिँदै टुँडिखेलसम्म पुगे।
विस्तृतमा

अब आत्तिनु पर्दैन : विज्ञ

काठमाडौं, असोज २ (नागरिक)- एकचोटि भुइँचालो गइसकेपछि फेरि फर्कन्छ। अब आउने झट्का कुन स्तरको होला, धेरैको चासो यही छ। भूगर्भविद्हरू आइतबार मुख्य झट्कापछिको कम्पन कमजोर हुँदै गएकाले 'आत्तिनुपर्ने अवस्था नभएको' बताउँछन्।
विस्तृतमा
Page 7 of 51
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

समाज

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय