समाज

'धरहराको अवस्था हेर्न आएको'

ज्ञान न्यौपाने, काठमाडौं, असोज २- भुकम्प गएपछि सुन्धारा-न्यूरोड क्षेत्रमा मानिसहरूको भीडले सडक भरिएको थियो। ट्राफिक जाम एवं मानिसहरू भीड रहयो। मानिसहरू आफन्तीकहाँ फोन गर्दे भूकम्पबारे सोध्दै थिए। भूकम्पको केही समयपछि त्यहा बरिपरि हेर्न आउनेको घुइँचो थियो।
विस्तृतमा

नब्बे सालयताकै ठूलो भूकम्प

केपी ढुंगाना अर्जुन सुवेदी, काठमाडौं, असोज २- आइतबार साँझ ६ बजेर २५ मिनेट जाँदा गएको ६ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भुइँचालोमा परेर काठमाडौंमा तीन र धरानमा दुईजनाको ज्यान गएको छ। उपत्यकाभित्र कम्तीमा १९ घर भत्किएका छन् भने ५१ जना घाइते भएका छन्। नेपालको उपल्लो ताप्लेजुङ केन्द्रविन्दु रहेको यो भुइँचालोलाई राष्ट्रिय भूकम्प मापन केन्द्रले '९० सालयताकै शक्तिशाली' भनेको छ। भुइँचालोको झट्का करिब ३० सेकेन्डको थियो।
विस्तृतमा

दुई दर्जन घाइते काठमाडौँका अस्पतालमा

काठमाडौं, असोज २ (नागरिक)- भूकम्प गएका बेला ज्यान जोगाउन भवनबाट हाम फालेका र भागदौडमा परी घाइते भएका दुई दर्जनभन्दा बढी मानिस अस्पतालहरूमा आएका छन्। वीर अस्पतालमा १९, शिक्षण अस्पतालमा ८, पाटनमा दुई र अन्य निजी अस्पतालमा पाँचभन्दा बढी उपचार गराइरहेका थिए।
विस्तृतमा

भूकम्पबाट देशभर क्षति, कहाँ के भयो ?

काठमाडौँ, असोज १- आइतबार साँझ आएको भूकम्पका क्रममा काठमाडौँमा भागदौड गर्ने क्रममा ३२ जना घाइते भएका छन्। गृह मन्त्रालयलाई हालसम्मको प्राप्त क्षतिको विवरणअनुसार विभिन्न स्थानका गरी छ वटा घर भत्किएको र तीनवटा चर्किएका छन्।
विस्तृतमा

भूकम्प आउँदा के गर्ने ?

भूकम्प आउँदा के गर्ने ?


‍काठमाडौँ, असोज २ (नागरिक)- हिजो काठमाडौँ उपत्यका लगायत देशभर आएको भूकम्पको धक्काका कारण घाइते हुनेहरु धेरैजसो आत्तिएर अग्लो ठाउँबाट हाम्फाल्दा, भागदौडमा परेको देखिएको छ। भूकम्प आउँदा जोगिने दश उपाय विज्ञहरुले दिएका छन्-
-आफू र आफ्नो परिवारका लागि सुरक्षित ठाउँ पत्ता लगाउने।
-झट्का थाहा पाउनेबित्तिकै आगोको स्रोत तत्काल बन्द गर्ने।
-हतारमा आत्तिएर बाहिर नभाग्ने।
-कम्तीमा एउटा ढोका खोल्ने।

विस्तृतमा

९० साल यताकै शक्तिशाली भुकम्प, पाँचको मृत्यु, २७ घाइते

कृष्ण ढुंगाना, अर्जुन सुवेदी, काठमाडौं, असोज १- आइतबार साँझ गएको शक्तिशाली भुकम्पबाट ५ जनाको मृत्यु भएको छ। काठमाडौंमा ३ र धरान दुई गरी पाँच जनाको मृत्यु भएको हो। २७ जना घाइते भएको गृह मन्त्रालय दैवी प्रकोप व्यवस्थापन महाशाखाका प्रमुख शंकर कोइरालाले बताएका छन्। 
विस्तृतमा

धनुषाबाट अपहरित कलेज विद्यार्थीको सप्तरीमा प्रहरीद्वारा उद्दार

मिथिलेश यादव, लहान, असोज १- दुई साताअघि धनुषाको जनकपुर-१६ बाट अपहरित २ किशोरलाई आइतबार लहान प्रहरीको टोलीले सप्तरीको भुतही-१ बाट उद्दार गरेको छ। जनकपुर-१६ निवासी २० वर्षीय भुवन मण्डल र १९ वर्षीय रवि सिंहलाई प्रहरीले उद्दार गरेको हो।
विस्तृतमा

अवैध गर्भपतन गराउँदा एक महिलाको मृत्यु

रोहित राई, धरान, असोज १- सुनसरीको इटहरीस्थित ओम साई मनोकामना आरोग्य केन्द्रका चिकित्सकले अवैधरुपमा गर्भपतन गराउने प्रयास गर्दा एक महिलाको मृत्यु भएको खुलेको छ। परिवारकै सल्लाहमा गर्भपतन गराउन आएकी खोटाङ, नेर्पा-७ की करिब ३३ वर्षीया सरला राईको केन्द्रका चिकित्सकले गर्भपतन गराउन खोज्दा शनिबार बिहान मृत्यु भएको हो।
विस्तृतमा

म्याग्दीको जीप दुर्घटनामा मर्नेको संख्या ११ पुग्यो, ८ गम्भीर घाइते

दिलीप पौडेल, बाग्लुङ, असोज १- म्याग्दीमा यात्रुबाहक जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ। ८ जना भने गम्भीर घाइते भएका छन्। म्याग्दी सदरमुकाम बेनीबजारबाट दरवाङतर्फ जाँदै गरेको ग १ ख २७०४ नम्बरको जीप बावियाचौर र दरवाङको बीचमा रणवाङ भन्ने ठाउँमा दुर्घटनाग्रस्त भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक दिनेश आचार्यले बताए।
विस्तृतमा
Page 8 of 51
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

समाज

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय