समाज

मेघौलीमा फेरि गैँडा मर्‍यो

चितवन, असोज १- चितवनको मेघौलीमा फेरि एक गैँडा मृत अवस्थामा फेला परेको छ।  मेघौली गाविस वडा नं. ५ स्थित राधाकृष्ण सामुदायिक वन क्षेत्रमा गएराति पोथी गैँडा मृत अवस्थामा फेला परेको हो।
विस्तृतमा

त्रिभुवन राजपथमा यातायात अवरुद्ध

हेटौँडा, असोज १- आज राति परेको अविरल वर्षाले त्रिभुवन राजपथको बाघजोरामा आएको बाढीले हेटौँडा-काठमाडौँ यातायात सेवा अवरुद्ध पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
विस्तृतमा

रुकुममा दैनिक २२ घण्टा लोडसेडिङ कायमै

रुकुम, असोज १- गएको २३ गतेबाट सुरु भएको दैनिक २२ घन्टाको लोडसेडिङ एक हप्ता बितिसक्दा समेत घटेको छैन। जिल्लाको बाँफिकोट गाविस वडा नं. ८ स्थित भाग्लेमा रहेको विद्युत् उत्पादन गृहको एउटा मेसिनमा खराबी आएपछि मेसिन मर्मत नभइन्जेलसम्मको लागि २२ घन्टा लोडसेडिङ गरिएको हो।
विस्तृतमा

सिंहदरबारमा अब आकाशेपानी

सिंहदरबारमा अब आकाशेपानी अर्जुन सुवेदी, काठमाडौं, असोज १- अब सिंहदरबार पानीमा आत्मनिर्भर हुने भएको छ। त्यहाँस्थित भवनका छानामा आकाशेपानी संकलन गरी उपभोग गर्ने योजना ल्याइएपछि सिंहदरबार पानीमा आत्मनिर्भर बन्ने भएको हो।

सिंहदरबारभित्र दैनिक हुने अत्यधिक पानी खपत कम गर्न काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले बाहिरबाट आपुर्ति हुँदै आएको पानीको लाइन काटेर त्यहाँ भित्रका सबै छानामा आकाशेपानी संकलन गर्नेछ।

विस्तृतमा

पहिरोले घर बगाउँदा रामेछापमा एकै परिवारका तीनको ज्यान गयो

रमेश खतिवडा, चरिकोट, असोज १- रामेछापको उत्तरी रस्नालु गाउँमा गएराति पहिरोले घर बगाउँदा ३ वर्षकी बालिकासहित एकै परिवारका ३ महिलाको मृत्यु भएको छ। रस्नालु गाविस ६, दार्खाका श्यामबहादुर रोकाको घर शनिबार राती ८ बजे पहिरोले बगाएको हो।
विस्तृतमा

छ लेन सडकमा दुर्घटना बढ्यो

काठमाडौं, असोज १ (नागरिक)- तीनकुने-सूर्यविनायक ६ लेन सडकमा सवारी दुर्घटना बढेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार भदौमा मात्रै यो सडकखण्डमा ५१ वटा दुर्घटना भइसकेको छ, जसमा पाँच जनाको मृत्यु भएको छ भने ५७ जाम घाइते भएका छन्।
विस्तृतमा

प्रशासनद्वरा २२ पसलमा छापा, पसलभरि म्याद नाघेको सामान

दोलखा, भदौ ३१ (नागरिक)- स्थानीय प्रशासनले दोलखा सदरमुकाम चरिकोटका २२ वटा पसल र खाद्य गोदाममा छापा मारी म्याद गुज्रेका अखाद्य वस्तुहरु बरामद गरेको छ। प्रशासनको टोलीले शुक्रबार र शनिबार गरी चरिकोट बजारका २२ वटा पसल र तिनीहरुका गोदाममा छापा मारी म्याद गुज्रेका र उत्पादनसम्बन्धी लेबल नभएका उपभोग्य वस्तु बरामद गरेको हो।
विस्तृतमा

कापी खोसिएको रिसमा निरीक्षकलाई कुटपिट

महेश्वर चामलिङ राई, उदयपुर, भदौ ३१- यहाँस्थित त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडामा सञ्चालित स्नातक तेस्रो वर्षको परीक्षामा कापी खोसेको रिसमा निरीक्षक भोला रावत विद्यार्थीबाट कुटिएका छन्। परीक्षा सकिएपछि क्याम्पसकै अथितिगृहमा बसेका रावतलाई राति ८ बजे पानी लिन बाहिर निस्केका बेला एक समूहले आक्रमण गरी घाइते बनाएको प्राध्यापक पेशल दाहालले बताए।
विस्तृतमा

एक महिनापछि बल्ल टन्न खान पाए १८ बालबालिकाले

दालमोठ चिउराले भर्‍यो पेट-
चाँदनी हमाल, चितवन, भदौ ३१- भोकभोकै परेका जगतपुर धम्पुसका बालबालिकाले शनिबार भने अघाउन्जेल चिउरा दालमोठ खान पाए। 'एक महिनापछि आजै हो मीठो दालमोठ चिउरा खान पाएको', आठ वर्षीया तिर्सना चेपाङले भनिन्- नत्र जुनसुकै बेला पनि पातलो जाउलो खानुपर्थ्यो।
विस्तृतमा
Page 9 of 51
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

समाज

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय