Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Jun 04th

समाज

प्रधान मन्त्री कार्यालयका सचिवले १२ दिनपछि तोडाए आमरण अनसन

काठमाडौँ, असोज ६ (नागरिक)- गाविसमा भएको हिनामिनाविरुद्ध १२ दिनदेखि महोत्तरीमा आमरण अनशन बसेकाहरुको अनसन प्रधान मन्त्री कार्यालयका सचिव त्रिलोचन उप्रेतीले तोडाएका छन्। यसअघि अनसन तोडाउन आजै तीन सदस्यीय टोली त्यसतर्फ गएको थियो।
विस्तृतमा

'अग्ला भवन भूकम्पीय दृष्टिले बढी जोखिमपूर्ण'

'अग्ला भवन भूकम्पीय दृष्टिले बढी जोखिमपूर्ण' अर्जुन सुवेदी, काठमाडौं, असोज ६- आइतबार साँझ भूकम्प जाँदा सबैभन्दा बढी भागदौड ठुल्ठूला व्यापारिक कम्प्लेक्स र अपार्टमेन्ट भएका क्षेत्रतिरै थियो। साधारण घरभन्दा बढी हल्लिएपछि यस्ता भवन प्रयोगकर्ताहरू ढुक्क हुने स्थिति नरहेको बताउन थालेका छन्।

'व्यापार भइरहेको थियो, एक्कासि भवन हल्लिन थालेपछि खाली खुट्टै बाहिर भाग्यौं,' सुन्धारास्थित व्यापारिक मलका पसले दीपेन्द्र शर्माले भने, 'यति बलियो भवन यसरी हल्लिएपछि अरु घर त बाँकी नै रहेनन् होला भन्ने लागेको थियो तर केही भएन छ।'

आइतबारको भूकम्पले ठूला र अग्लाभन्दा नेपाली शैलीका साधारण घर बलिया हुने देखिएको उनको तर्क छ।

विस्तृतमा

पर्शुरामलाई गोली हान्ने पक्राउ

उनी आफै भने अझै फरार-
मोरङ, असोज ६- तत्कालीन युथफोर्स मोरङका संयोजक पर्शुराम बस्नेत (कृष्ण) लाई गोली प्रहार गरी फरार रहेका अभियुक्त अशोक भुजेललाई प्रहरीले पक्राउ गरेको छ। विराटनगर रानी क्षेत्रमा बस्ने १८ वर्षका भुजेललाई दुई दिनअघि गोप्य सूचनाका आधारमा काठमाडौँ प्रहरीले पक्राउ गरी अपराध अनुसन्धानका लागि बिहीबार जिल्ला प्रहरी कार्यालय मोरङ पठाएको छ।
विस्तृतमा

भूकम्पको चार दिनपछि घर भत्कियो

सिद्धराज राई, धनकुटा, असोज ६- आइतबार साँझ गएको भूकम्पको कारण धनकुटाको हिले १ का बलबहादुर थापाको घर गएराति भत्किएको छ। रहको ३४ कोठा भएको बन्दै गरेको ५ तले घर गएराति १ बजे भत्किएको प्रहरीले बताएको छ।
विस्तृतमा

पानी लिन पोखरीमा गएकी दुई बालिकाको डुबेर मृत्यु

मिथिलेश यादव, सिरहा, असोज ५ - सिरहाको धनडीमा बिहीबार साँझ पानी लिन गएका दुई बालिकाको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा धनगडी ९ का रामपृत महतोकी १२ बर्षीया छोरी मनिता कुमारी र सोही ठाउँ बस्ने प्रमोद मोचीकी ७ बर्षीया छोरी रिँकु छन्।
विस्तृतमा

पहिरोमा पुरिएर चार जनाको मृत्यु

दिलीप पौडेल, बाग्लुङ, भदौ ५ - जिल्लाको रेशमा पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको छ। रेशमा - ३ मा रहेको डोहोटे कुलो मर्मत गर्ने क्रममा गएको पहिरोमा परी चारको मृत्यु भएको हो। स्थानीय देबेन्द्र थापाका अनुसार पहिरोमा परेकामध्ये अझै ६ जनाको अवस्था अज्ञात छ।
विस्तृतमा

मेरो सरुवाको हल्ला तस्करले चलाएका हुन : एसपी खरेल

मोबाइल नम्बर ९८५५० २१११३ सधैं हाजिर-
उपेन्द्र लामिछाने, वीरगन्ज, असोज ५- पर्साका एसपी रमेश खरेलले आफ्नो सरुवाको हल्ला तस्कर स्वयमले नै चलाएको बताएका छन्। म यहाँ आएदेखि नै यस्तो हल्ला चल्ने गरेको छ, उनले हाँस्दै भने- जुन अझै रोकिएको छैन।
विस्तृतमा

अनुगमनको डरले तीन दिनदेखि पसल बन्द

गौशाला, असोज ५- सरकारी अनुगमन टोलीले देशव्यापी रुपमा थालेको बजार अनुगमनको डरले महोत्तरीको सदरमुकाम जलेश्वरस्थित अधिकांश पसल विगत तीन दिनदेखि बन्द रहेका छन्।
विस्तृतमा

यस्ता छन् अस्पतालका क्यान्टिन

यस्ता छन् अस्पतालका क्यान्टिन
दीपक दाहाल, काठमाडौं, असोज ५- अस्पतालको क्यान्टिन भन्नेबित्तिकै धेरैको मनमा भान्सा सफा र खाना शुद्ध होला भन्ने विश्वास हुन्छ। तर, दिनहुँ सयौं बिरामी, कुरुवा र डाक्टरहरूलाई खाजानास्ताको प्रबन्ध गर्नुपर्ने सरकारी अस्पतालका क्यान्टिनको अवस्था ठिक विपरीत छ।

वाणिज्य विभागको मंगलबारको अनुगमनले सरकारी अस्पतालका क्यान्टिनसँग जोडिएका धेरै विश्वास तोडिदियो। होटल, रेस्टुरेन्ट तथा मिठाइ पसलहरूमा देखिएभन्दा बढ्ता दुर्गति देखियो देशकै ठूलो र पुरानो अस्पताल वीरको क्यान्टिनमा।

अरू सरकारी अस्पताल पनि वीरभन्दा फरक छैनन्।

विस्तृतमा
Page 2 of 51
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

समाज

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय