पर्शुरामलाई गोली हान्ने पक्राउ

E-mail Print
(0 votes, average 0 out of 5)
उनी आफै भने अझै फरार-
मोरङ, असोज ६- तत्कालीन युथफोर्स मोरङका संयोजक पर्शुराम बस्नेत (कृष्ण) लाई गोली प्रहार गरी फरार रहेका अभियुक्त अशोक भुजेललाई प्रहरीले पक्राउ गरेको छ। विराटनगर रानी क्षेत्रमा बस्ने १८ वर्षका भुजेललाई दुई दिनअघि गोप्य सूचनाका आधारमा काठमाडौँ प्रहरीले पक्राउ गरी अपराध अनुसन्धानका लागि बिहीबार जिल्ला प्रहरी कार्यालय मोरङ पठाएको छ।
 

ठेक्कापट्टा कारोबारमा संलग्न पर्शुराम बस्नेत र अभिषेक गिरी समूहबीच मनमुटाव बढेपछि अभिषेकको समूहमा रहेका भुजेलले अर्का अभियुक्त विक्रम थपलियासँग मिलेर बस्नेतलाई गोलीप्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीको दाबी छ।

मोरङका प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले भुजेलले किन र कसको निर्देशनमा काम गरेका थिए भन्नेबारे अनुसन्धान भइरहको बताए।

विराटनगर- १५ मा रहेको आफ्नै एडभटाईजिङ कम्पनीमा रहेको बखत मोटरसाइकलमा आएका भुजेलले थपलियाको सहयोगमा बस्नेतलाई गोलीप्रहार गरेर फरार भएका थिए।
यता ठेक्कापट्टा कारोबारमा गिरी र आफ्नो सम्बन्धबारे समाचार लेखेपछि पत्रकारमाथि आक्रमण गराएको आरोपमा ज्यान मुद्दा लागेपछि अदालतबाट अभियुक्त किटान भई हाजिर हुन सत्तरी दिने पुर्जी पाएका पर्शुराम बस्नेत पनि फरार छन्।

पर्शुरामका प्रतिद्वन्द्वी मानिँदै आएका अभिषेक गिरी पनि ठेक्कापट्टा विवादमा मारिएका विराटनगर-१८ का करण यादवको हत्या अरोपमा क्षेत्रीय कारागार झुम्का सुनसरीमा पुर्पक्षका लागि थुनामा छन्।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

समाज

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय