प्रधान मन्त्री कार्यालयका सचिवले १२ दिनपछि तोडाए आमरण अनसन

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौँ, असोज ६ (नागरिक)- गाविसमा भएको हिनामिनाविरुद्ध १२ दिनदेखि महोत्तरीमा आमरण अनशन बसेकाहरुको अनसन प्रधान मन्त्री कार्यालयका सचिव त्रिलोचन उप्रेतीले तोडाएका छन्। यसअघि अनसन तोडाउन आजै तीन सदस्यीय टोली त्यसतर्फ गएको थियो।
प्रधान मन्त्री कार्यालयका सचिव त्रिलोचन उप्रेतीको नेतृत्वमा गएको टोलीमा गृह मन्त्रालयका सहसचिव पनि छन्। साढे १० बजेको उडानबाट टोली त्यसतर्फ प्रस्थान गरेको थियो। टोलीले अनसनकारीहरुको माग सम्बोधन गरी गुठीको जग्गा विवादबारे समेत अध्ययन जनाएको छ।  

१२ दिनदेखि अनसन बसिरहेकाहरु को तौल ५ देखि ७ किलो घटेको बताइएको छ।

भदौ २५ देखि अनशन बसेका बनौलीदनौलीका १८ वर्षे सन्तकुमार दासको तौल ५५ बाट ४८ किलोमा झरेको छ। अर्का अनशनकारी ३६ वर्षीया शारदा भुसाल र ५५ वर्षीया रामदुलारी मण्डलको तौल ५।५ किलो घटेको स्थानीय स्वास्थकर्मी कारी साहले बताए। भुसालको तौल ५५ र मण्डलको ३५ किलोमा झरेको छ।

शारीरिक कमजोरीले उनीहरूलाई उठबस गर्नै गाह्रो हुन थालेको साहले बताए। दास र मण्डललाई मंगलबारदेखि स्लाइन दिन थालिएको छ। भुसालले लिन मानेकी छैन। स्लाइन लिन आग्रह गर्नेहरूलाई उनी भन्छिन्, ‘मेरो ज्यानको माया लागेको छ भने स्लाइन हैन, हामीले उठाएका माग सम्बोधन गर्न लगाउनुस्।' मंगलबारदेखि स्थानीय दुःखी ठाकुर बरहीले पनि अनशनमा साथ दिएका छन्।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

समाज

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय