एमालेले पार्टीको नाममा किनेको जग्गा माओवादीद्वारा कब्जा

E-mail Print
(0 votes, average 0 out of 5)
सइन्द्र राई, खोटाङ, असोज ६– एकीकृत नेकपा माओवादीका कार्यकर्ताले खोटाङ कुभिण्डे गाविस वडा नम्बर-४ स्थित कित्ता नम्बर २२८ मा रहेको एमालेको आठ आना जग्गा कब्जा गरेको छ। एमाओवादीका जिल्ला सदस्य  रामबहादुर राईले नेकपा एमालेको नाममा रहेको उक्त जग्गा कब्जा गरेका हुन।

कब्जा जग्गामा माओवादीले घर बनाउन थालेपछि नेकपा एमाले खोटाङले प्रशासन र मानव अधिकारसमक्ष निवेदन पेश गरेको छ। एमालेले कब्जा जग्गा फिर्ताको पहलका लागि भन्दै निवेदन दिएको छ।

एमालेले २०५६ सालमा पार्टीको नाममा उक्त जग्गा खरिद गरेको एमाले जिल्ला उपसचिव रामप्रसाद दङ्गालले बताए।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

समाज

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय