प्रधान मन्त्रीका प्रेस सल्लाहकारले सम्पादकलाई हातपात गरेको आरोप

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असोज ६ (नागरिक)- जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ तथा प्रबन्ध सम्पादक राजेन्द्र स्थापितलाई प्रधान मन्त्रीका प्रेस सल्लाहकार एवम् प्रेस काउन्सिलका सदस्य रामरिझन यादवले हातपात गरी दुर्व्यवहार गरेको आरोप प्रेस चौतारीले लगाएको छ। शुक्रबार प्रेस काउन्सिल हातामै यस्तो घटना भएको उसले जनाएको छ।
पत्रिकामा प्रकाशित समाचारलाई लिएर ०६८ असोज ६ गते प्रेस काउन्सिलकै परिसरमा हातपात गरी दुर्ब्यवहार गरेको भन्दै प्रेस चौतारीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सार्वजनिक पदमा बसेका व्यक्तिद्वारा न्युनतम मर्यादाको समेत ख्याल नगरी गरिएको दुर्ब्यवहारप्रति खेद व्यक्त गर्दछौं भन्दै चौतारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ- समाचारप्रति चित्त नबुझे कानुनी उपचार खोज्ने बाटो सबैका लागि सुरक्षित छ। अझ प्रेस काउन्सिल जस्तो स्वच्छ र मर्यादित पत्रकारिता अभिवृद्धिका लागि स्थापित संस्थाको सदस्य जस्तो व्यक्ति यस्तो नीच कार्यमा उत्रिनु थप दुःखद् कुरा हो।

हामी पदीय मर्यादाविपरीतको उच्छृङ्खल कार्यप्रति खेद व्यक्त गर्दै सार्वजनिकरुपमा माफी माग्न र आइन्दा यस्ता अशोभनीय हर्कत नदोहोर्‍याउन आग्रह गर्दछौँ भन्दै विज्ञप्तिमा काउन्सिल र सम्बन्धित निकायलाई उनीमाथि कारबाहीका लागि पनि अनुरोध गरिएको छ।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

समाज

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय