खेल

बार्सिलोनाद्वारा मिलानसँग बरावरी

लन्डन, भदौ २९ (एजेन्सी)- बार्सिलोनाले च्याम्पियन्स लिग इतिहाँसकै सवैभन्दा चाढो भएको गोल खाएको समुह चरणको खेलमा मंगलबार एसी मिलानसंग २-२ को बराबरीमा चित्त बुझाएको छ। इन्जुरी समयमा गोल खाएपछि साविक विजेता समुह चरणको विजयी सुरुवातबाट चुकेको थियो।
विस्तृतमा

बोल्टको कीर्तिमानी रेकर्ड

जागरेव, भदौ २९ (एजेन्सी)- जमैकाका एथलेटिक्स सुपरस्टार उसेन बोल्टले मंगलबार एथलेटिक्स मिटिङमा ९.८५ सेकेन्डमा १ सय मिटरको दुरी तय गर्दै लामो सयमका अमेरिकी प्रतिद्धन्दी टाईसन गेले गत वर्ष बनाएको ९.९२ सेकेन्डको टाईमिङलाई उछिनेका छन।
विस्तृतमा

भलिबल हस्तीको निधन

काठमाडौं, भदौ २९ (नागरिक)- भलिबल हस्ती रामकुमार विष्टको बुधबार ५४ वर्षको उमेरमा निधन भएको छ। १९७८ र १९८२ को एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरेका विष्टको फोकसोका रोगी थिए। उपचारका क्रममा उनको पाटन अस्पतालमा बुधबार बिहान ८.३० बजे निधन भएको हो।
विस्तृतमा

नेपाली खेलाडीलाई अर्को अवसर

महँगा सन्तोष इन्डोनेसिया जाने-
काठमाडौं, भदौ २८ (नागरिक)- नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर सन्तोष साहुखल व्यावसायिक फुटबल खेल्न इन्डोनेसियामा ट्रायल दिन जाने भएका छन्।
विस्तृतमा

विश्वकप छनोटमा नयाँ ढाँचा, नेपाललाई पनि मौका

लन्डन, भदौ २८ (नागरिक)- क्रिकेटको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सोमबार सन् २०१५ को विश्वकप छनोटको नयाँ ढाँचा ल्याएको छ। २०११ को विश्वकप सकिएलगत्तै आइसिसीले २०१५ देखि १० टेस्ट राष्ट्रले मात्र विश्वकपमा सहभागिता जनाउने निर्णय पास गरेको थियो।
विस्तृतमा

सेरेनालाई जरिवाना

न्युयोर्क, भदौ २८ (एजेन्सी)- युएस ओपनको फाइनल दौरान मुख्य अम्पायरसँग विवाद गरेकी सेरेना विलियम्सलाई २ हजार डलर जरिवाना गरिएको छ। अस्ट्रेलियाली खेलाडी सामन्था स्टोसुरसँग ६-२, ६-३ को पराजय भोगेको खेलको दोस्रो सेट दौरान मुख्य अम्पायर इभा आस्डेराकीसँग विवाद गरेवापत प्रतियोगिता रेफ्री ब्रायन इर्लीले सेरेनालाई जरिवानाको निर्णय गरेका हुन्।
विस्तृतमा

सिरियासँग पराजित नेपालले भोलि ओमानसँग खेल्ने

काठमाडौं, भदौ २७ (नागरिक)- नेपालले फेरि पनि एएफसी यु-१६ च्याम्पियनसिप छनोटमा कमजोर सुरुआत गरेको छ। घरेलु मैदानमा दुई वर्षअघि भएको छनोटका ३ खेलमा एकै गोल नगरी नेपाल समूह चरणबाट बाहिरिएको थियो।
विस्तृतमा

एथलेटिक्स अध्यक्षमा निलेन्द्र

काठमाडौं, भदौ २७ (नागरिक)- नेपाल एमेच्योर एथलेटिक्स संघको सोमबार सम्पन्न साधारण सभाले निलेन्द्रराज श्रेष्ठलाई ४ वर्षका लागि अध्यक्षमा चयन गरेको छ।
विस्तृतमा

सिपोराको पुरस्कार सामाजिक कार्यमा

काठमाडौं, भदौ २७ (नागरिक)- पल्सर लोकप्रिय खेलाडीमा चुनिएको भोलिपल्टै नेपाली राष्ट्रिय भलिबल खेलाडी सिपोरा गुरुङले पुरस्कारवापत पाएको रकम सामाजिक कार्यमा सहयोग गर्ने बताएकी छन्।
विस्तृतमा
Page 4 of 15
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय