खेल

मोफसललाई स्पेशल

काठमाडौं, भदौ २६ (नागरिक)- सुनसरीका दिलीप राई र झापाका भगीरथ आले पूर्वाञ्चलको फुटबलमा तीन दसकदेखि लगातार सक्रिय भएर खेलाडी उत्पादनमा लागेबापत आइतबार पल्सर स्पोर्टस अवार्डको विशेष पुरस्कारबाट संयुक्त सम्मानित भएका छन्।
विस्तृतमा

'खेलकुदमा केही गरेँजस्तो लाग्यो'

काठमाडौं, भदौ २६ (नागरिक)- नेपाली टेबलटेनिसका पहिलो प्रशिक्षक रमेशराज जोशी आइतबार नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस अवार्डमा लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन्।
पूरा जीवन खेलकुदमा समर्पित गरेवापत दिइने यो सम्मान ६५ वर्षे जोशीलाई ५० वर्ष नेपाली टेबलटेनिस विकासका लागि खर्चिएबापत प्रदान गरिएको हो।
विस्तृतमा

'पहिलो खेलै महत्वपूर्ण छ'

काठमाडौं, भदौ २६ (नागरिक)- एएफसी यु-१६ च्याम्पियनसिप छनोटका सहभागी चार राष्ट्रमध्ये नेपाल बाँकी टोलीका लागि नौलो प्रतिद्वन्द्वी हो। सोमबार सुरु हुने छनोटका सहभागी गल्फ राष्ट्र साउदी अरेबिया, सिरिया र ओमान एकअर्काका बारेमा जानकार छन्।
विस्तृतमा

दीपक र जमुना वर्षको उत्कृष्ट खेलाडी

काठमाडौं, भदौ २५ (नागरिक)- ग्वाङ्झाउ एसियाडमा नेपालका लागि एकमात्र पदक जित्ने बक्सर दीपक महर्जन र महिला साफ च्याम्पियनसिपमा नेपाललाई उपविजेता बनाउन महत्वपूर्ण भूमिका खेलेकी जमुना गुरुङ पल्सर स्पोर्टस अवार्डमा वर्षको उत्कृष्ट खेलाडी बनेका छन्।
विस्तृतमा

एएफसी यु १६ को तयारी पूरा

काठमाडौं, भदौ २५ (नागरिक)- लेबनानले भाग नलिने भएपछि राजधानीमा एएफसी यु-१६ को छनोट चरण चार दिनअघि नै सम्पन्न हुने भएको छ। सोमबार सुरु हुने प्रतियोगिता ५ दिनमा सकिनेछ।
विस्तृतमा

एएफसी यु-१६ च्याम्पियनसिप : स्तरीय प्रतिद्वन्द्वीविरुद्ध यु-१६ टोली

काठमाडौं, भदौ २५ (नागरिक)- महिना दिनको अन्तरमा नेपाली यु-१६ फुटबल टोलीको पुनः एकपटक परीक्षण हुँदैछ। अघिल्लो महिना घरेलु मैदानमै साफ यु-१६ च्याम्पियनसिपमा तेस्रो स्थान ल्याएको नेपाली टोलीले यसपटक त्यतिबेला भन्दा स्तरीय र बलिया टोलीको सामना गर्नुपर्नेछ एएफसी यु-१६ च्याम्पियनसिप छनोटमा।
विस्तृतमा

मध्यपुरको जित

काठमाडौ, भदौ २४ (नागरिक)- शहिद स्मारक रेडबुल बी डिभिजन लिगअन्तर्गत एन्फा कम्प्लेक्स सातदोबाटो खेल मैदानमा भएको खेलमा मध्यपुर युथ एसोसियसनले काठमाण्डौ क्लबलाई १-० गोलले पराजित गरेको छ। शुक्रवारसम्पन्न खेलमा मध्यपुरका लागि विवेक प्रताप पन्तले २९ औं मिनेटमा गरेका थिए ।
विस्तृतमा

फेडेरर र सोङ्गा भिडने

न्युयोक, भदौ २४ (एपी)- पाँच पल्टको युएस ओपन च्याम्पियन रोजर फेडेरर ११ औं वरियताका जो-विल्पि्र्कड सोङ्गालाई ६-४, ६-३ र ६-३ को सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका छन्। बर्षाले साढे १ घण्टा प्रभावित पारेको यस खेलमा फ्रान्सका सोङ्गालाई हराएका फेडेरर फ्लोसिङ मेडोजमा लगातार आठौ बर्ष सेमिफाइनल पुग्न सफल भएका हुन्।
विस्तृतमा

श्रीलंकाको कमजोर सुरुवात

कोलम्बो, भदौ २४ (एजेन्सी)- श्रीलंकाविरुद्ध दोस्रो टेस्टको पहिलो इनिङमा पनि भ्रमणकारी अस्ट्रेलियाले बलियो पकड बनाएको छ। विहिवारदेखि सुरु भएको दोस्रो टेस्टमा श्रीलंकालाई पहिलो इनिङमा १ सय ७४ रनमा खुम्चाएको अस्ट्रेलियाले दोस्रो दिन ९० रनको अग्रता बनाएको छ।
विस्तृतमा
Page 5 of 15
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय