मोटरसाइकल तीव्र गतिमा हाँक्दा अजहरुद्दिनका छोराको निधन

E-mail Print
(0 votes, average 0 out of 5)
हैदरावाद, असोज १ (एजेन्सी)- भारतका पूर्वक्रिकेट कप्तान मोहम्मद अजहरुद्दिनका छोरा मोहम्मद अयाजुद्दिनको बिदाइमा हजारौंले सहभागिता जनाए।  १ हजार सिसीको सुजुकी मोटरसाइकल तीब्र गतिमा चलाउँदा १९ वर्षे अयाजुद्दिन आइतबार सडक दुर्घटनामा परेका थिए।
 

कंग्रेसका सांसद रहेका अजहरुद्दिनको पारपाचुके भइसकेका श्रीमतीतर्फको अयाजुद्दिन कान्छा छोरा हुन्। राम्रो क्रिकेटर बन्नसक्ने क्षमता बोकेका अयाजुद्दिनको गम्भीर दुर्घटनामा परेपछि शुक्रबार मृत्यु भएको थियो। दुर्घटनामा उनको मिर्गौला, फोक्सो र दिमागमा गम्भीर चोट लागेको थियो।

स्वास्थकर्मीको एक विशेषज्ञ टोलीले उच्च रक्तचापका कारण उनको एक मिर्गौला निकालेको थियो। उनको दिमागले काम नगरेको पाएपछि उनको स्थिति गम्भीर भएको टोलीले घोषणा गरेको थियो। शुक्रबार बिहान ११ बजे उनलाई मृत घोषित गरियो।

शुक्रबारै अन्त्येष्टि गरिनुअघि उनको शव मक्का मस्जिदमा प्रार्थनाका लागि लगिएको थियो। त्यसमा दसौं हजारले सहभागिता जनाए। फलामे ढोका चढेर उनको मृत शरीरलाई अन्तिम पटक हेर्न खोज्दा भागदौड नै मच्चिने स्थिति आएको थियो, जसमा दुई व्यक्ति घाइते हुन पुगे। उत्तेजित भीड हटाउन पुलिस खटिनुपरेको थियो भने शवभ्यानअगाडि सांसद असादुद्दिन ओवाइसी हिड्नुपरेको थियो।

अजहरुद्दिनलाई सम्वेदना दिन खोज्दा उनी भावविह्ल भएर रोएका थिए। मुख्य मन्त्री एन. किरणकुमार रेड्डी र सांसद अन्जनकुमार यादव अन्त्येष्टिमा सहभागी थिए। रेड्डीसहित अल्पसंख्यक समाजकल्याणमन्त्री मोहम्मद अहमदुल्लाह, पयर्टन मन्त्री भी. वसन्तकुमारले अजहरुद्दिनलाई समवेदना सन्देश पठाएका छन्।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय