विश्वकप आउन हजार दिन, ब्राजिल तयार

E-mail Print
(0 votes, average 0 out of 5)
रियो द जेनेरियो, असोज १ (एजेन्सी)- विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकपको तयारीमा ढिलाइ भएको गुनासो गरिरहेको बेला २०१४ को आयोजक ब्राजिलले प्रतियोगिता सुरु हुन १ हजार दिन बाँकीको अवसरमा काउन्टडाउन सुरु गरेको छ।
 

ब्राजिली राष्ट्रपति डिल्मा रौसेफले १ हजार दिनको काउन्टडाउन उद्घाटन गर्ने क्रममा नयाँ भौतिक पूर्वाधार निर्माण, पुराना रंगशाला मर्मतलगायतका वचनबद्धता व्यक्त गर्दै थुप्रै समस्याका बावजुद ब्राजिल उच्चस्तरीय प्रतियोगिता गर्न तयार रहेको बताइन्।

'भौतिक पूर्वाधारमा गरिएका लगानीले हामीलाई अन्तर्राष्ट्रिय समस्याले युरोप र अमेरिकालाई जस्तो समस्या नपारेको प्रमाणित हुन्छ,' विश्वकपका लागि सद्भावना दूतका रूपमा नियुक्त ब्राजिली फुटबलका पूर्वमहान हस्ती पेलेको समेत उपस्थितिमा उनले भनिन्।

ब्रासकका ओ ग्लोबो अखबारका अनुसार आगामी १ हजार दिनमा आयोजक देशले १२ रंगशाला निर्माण तथा थुप्रै कानुन परिवर्तन र आफ्नै टोली छनोटसहित ५२ मुख्य काम गर्नुपर्नेछ।

फिफाले विश्वकप आयोजनाका लागि ब्राजिलको तयारी आवश्यक गतिमा हुन नसकिरहेको भन्दै चासो व्यक्त गरेको छ। 'इमान्दार भएर भन्ने हो भने आउँदो १ हजार दिनमा गर्नुपर्ने काम धेरै छन्। तथापि १ हजार दिनमा धेरै काम हुनुलाई असामान्य मान्न मिल्दैन,' फिफाका महासचिव जेरोमी भाल्केले भने, 'अब हामीले चाँडै तयारीका समस्या र त्यसको वास्तविक अवस्थाबारे जानकारी लिएर सम्बन्धित क्षेत्रमा काम सुरु गर्नुपर्छ। विश्वकपलाई सबै टोली र दर्शकका लागि स्मरणीय बनाउन विमानस्थल क्षमता बढाउने, सार्वजनिक यातायातको उचित व्यवस्था मिलाउने, सबै टोली र भ्रमणकारी दर्शकको बसोबासको प्रबन्ध मिलाउनेलगायतका सबै काम भ्याउनुपर्नेछ।'

तयारीलाई गति दिन एक ब्राजिली न्यायाधीशले फाइनलको सम्भावित आयोजक रियोस्थित माराकाना रंगशाला मर्मतमा खटिएर हडतालमा उत्रिएका कामदारलाई तत्काल काममा फर्कन आदेश दिएका छन्। सरकारले पनि समयमै सबै रंगशाला निर्माण तथा मर्मतको काम सक्ने प्रतिबद्धता जनाएको छ। सरकारले १२ मध्ये ९ रंगशाला निर्माण वा मर्मतको काम २०१२ डिसेम्बरसम्ममा सम्पन्न भइसक्ने दाबी गरेको छ।

क्षमता बढाउने निर्णय गरिएका १३ मध्ये ५ विमानस्थलमा अझैसम्म काम सुरु भएको छैन। विश्वकपअघि वा त्यसदौरान गरी ब्राजिलले दसांै लाख पर्यटक भिœयाउने आशा राखेको छ। यसका अलावा ब्राजिलले सडक बनाउन, होटलको क्षमता बढाउन, टेलिकम्युनिकेसन नेटवर्क विस्तारलगायतका कामका लागि ११ अर्ब डलर लगानी गर्नुपर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय