श्रीलंकाको टेस्ट नियन्त्रणमा

E-mail Print
(0 votes, average 0 out of 5)
कोलम्बो, असोज २ (एएफपी)- कप्तान तिलकरत्ने दिलशानले श्रीलंकाको ब्याटिङमा प्रेरणा थपेपछि अस्ट्रेलियाविरुद्ध तेस्रो तथा अन्तिम टेस्टमा घरेलु टोलीले नियन्त्रणमा लिएको छ।

शृंखला १-१ को बराबरीमा टुंग्याउने आशामा रहेको श्रीलंकाले आइतबार ६ विकेट गुमाई ४ सय २८ रन बनाएर १ सय १२ रनको अग्रता लिइसकेको छ।

अस्ट्रेलियाले पहिलो इनिङमा बनाएको ३ सय १६ रनको जवाफ दिने क्रममा सिंहालिज स्पोर्टस क्लबमा तेस्रो दिनको खेल समाप्तिमा एन्जेलो म्याथ्युज ८५ रन बनाई क्रिजमा छन्। उनलाई पहिलो टेस्ट खेलिरहेका सामिन्दा इराङ्गाले ५ रन बनाई साथ दिइरहेका छन्।

शृंखलाको चार इनिङमा ५६ रनमात्र बनाएका दिलशानले ८३ रनको रवाफिलो इनिङ खेल्दा १ सय टेस्ट खेलिरहेका कुमार सांगाकाराले ७९ रन बनाए। माहेला जयबर्द्धनेले पनि ५१ रन बनाएपछि श्रीलंकाले शृंखलामा पहिलोपटक अस्ट्रेलियालाई पहिलो इनिङमा उछिन्न सक्यो। प्रसन्न जयबर्द्धनेले ४७ रन बनाउँदै म्याथ्युजसँग ८१ रनको साझेदारी गरेपछि श्रीलंकाले अग्रता लिन सुरु गरेको थियो।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय