Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Jun 04th

भारतीय क्रिकेटरको निधन

E-mail Print
(0 votes, average 0 out of 5)
दिल्ली, असोज ५ (एजेन्सी)- भारतका महान् क्रिकेटर एवम् पूर्वकप्तान मन्सुर अली खान पटौदीको बिहीबार निधन भएको छ।
 

फोक्सोको संक्रमणका कारण उनलाई गत महिना अस्पताल भर्ना गरिएको थियो। त्यसपछि उनलाई आइसियुमा राखेर उपचार गरिएको थियो।

पटौदी भारतको कप्तान बन्ने सबैभन्दा कान्छा खेलाडी हुन्। उनले २१ वर्षको उमेरमा भारतीय क्रिकेटको नेतृत्व गरेका थिए। उनलाई भारतको उत्कृष्ट कप्तानमा लिइन्छ। उनले ४६ टेस्ट खेल्दै ३४.९१ को औसतमा २ हजार ७ सय ९३ रन बनाएका थिए, जसमा ६ सतक र १६ अर्द्धसतक छन्। अविजित २ सय ३ उनको उच्च स्कोर हो।

उनकी श्रीमती शर्मिलो टेगोर भारतीय चलचित्रकी स्थापित कलाकार हुन्। पटौदीका तीन सन्तानमध्ये सैफ अली खान पनि कलाकार हुन्।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय