खेलकुदको विकासका लागि प्रत्येक गाविसलाई दश हजार रुपियाँ

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौँ, असोज १- सरकारले प्रत्येक गाउँ विकास समितिमा खेलकुद विकासका लागि  १० हजार रुपियाँ विनियोजन गरेको छ। यसले खेलकुद विकासमा आमूल सुधार ल्याउने विश्वास युवा तथा खेलकुद मन्त्री कमला रोकाले व्यक्त गरेकी छिन्।
खेलकुद तथा युवा नीतिलाई प्रभावकारी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको जानकारी पनि उनले दिइन्। 

व्यवस्थापिका–संसद्को आइतबारको बैठकमा विनियोजन विधेयक, २०६८ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत सांसदहरुले उठाएका विभिन्न प्रश्नको जवाफ दिँदै उनले युवा स्वरोजगार कार्यक्रमअन्तर्गत एक हजार युवालाई स्वरोजगार तालिम सञ्चालन गर्ने बताइन्। 

मन्त्री रोकाले खेलकुदको आवश्यक पूर्वाधार विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण गर्न स्रोतहरुको खोजी कार्य भइराखेको र खेलकुदलाई विकास गर्न नयाँ योजना तर्जुमा गर्न लागिएको जानकारी पनि दिइन्।
- रासस
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय