साहुखललाई मैत्रीपूर्ण खेल महत्त्वपूर्ण

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असोज २ (नागरिक)- ट्रायल दिन इन्डोनेसिया पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर सन्तोष साहुखलका लागि दुई मैत्रीपूर्ण खेल महत्त्वपूर्ण हुने उनका सहयोगी नवीन चित्रकारले बताएका छन्।

शुक्रबार इन्डोनेसिया पुगेलगत्तै सन्तोष श्रीविजया एएफसीको प्रशिक्षणमा सामेल भएका थिए। श्रीविजयाले शुक्रबार र आइतबार दुई मैत्रीपूर्ण खेल खेल्दैछ।

प्रशिक्षणमा सन्तोषले क्लबका प्रशिक्षकलाई प्रभाव पारेको जनाउँदै नवीनले नागरिकलाई इमेल लेखेका छन्, 'क्लबमा स्थान पक्का गर्न कोरियाली स्ट्राइकरसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। तर कोरियाली खेलाडीका एजेन्ट र क्लबबीच समस्या भएकाले उनीसँग क्लबले सम्झौता तोड्ने सम्भावना छ। कोरियालीले छोडे भने मलाई लाग्छ सन्तोषले मौका पाउने छन्। त्यो भन्दा अगाडि सन्तोषले उत्कृष्ट प्रदर्शन गर्न जरुरी छ।' एसियाली क्लबले ४ विदेशी खेलाडी अनुबन्धित गर्दा कम्तीमा एक एसियाली खेलाडी राख्नुपर्ने एसियाली फुटबल महासंघ (एएफसी) को प्रावधान छ।

सन्तोष पनि दुई मैत्रीपूर्ण खेलका लागि उत्साहित छन्। 'मेरो प्रशिक्षण हेर्न धेरै समर्थक आएका थिए। कतिले मसँग फोटो खिचाए, कतिले अटोग्राफ लिए। म यहाँ रमाइलो अनुभव गरिरहेको छु,' उनले इमेलमा लेखेका छन्, 'मुख्यत म दुई मैत्रीपूर्ण खेलका लागि केन्द्रित छु। त्यसमा मैले गर्ने प्रदर्शन मेरो र क्लब दुवैका लागि महत्त्वपूर्ण हुनेछ। त्यसैले मेरो बसाइको टुंगो लगाउन सक्छ।'

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय