ह्युजको आक्रामक सतक

E-mail Print
(0 votes, average 0 out of 5)
कोलम्बो, असोज ३ (एएफपी)- ओपनर फिल ह्युजले सतक बनाए पनि श्रीलंकाले सोमबार अस्ट्रेलियाविरुद्धको तेस्रो तथा अन्तिम टेस्ट जितेर शृंखला बराबरी गर्ने आशा यथावत् राखेको छ। घरेलु टोलीबाट देब्रेहाते स्पिनर रंगना हेराथले सबै ३ विकेट लिए पनि पहिलो इनिङका आधारमा १ सय ५७ रनले पछाडि परेको अस्ट्रेलियाले २०९-३ मा चौथो दिन टुंग्याएको छ।

सिंहालिज स्पोर्टस क्लबमा ह्युज १ सय २२ रनमा अविजित रहँदा अस्ट्रेलियाले ५२ रनको अग्रता लिएको छ। माइकल क्लार्क (८ रन) क्रिजमा छन्। गेलको पहिलो टेस्ट १ सय २५ रनले जितेर अस्ट्रेलिया शृंखलामा १-० ले अगाडि छ। वर्षाले प्रभावित दोस्रो टेस्ट बराबरीमा रोकिएको थियो।
गतवर्ष मार्चमा न्युजिल्यान्डविरुद्ध अविजित ८६ रन बनाएयताको ११ इनिङमा अर्द्धसतक बनाउन नसक्दा अस्ट्रेलियाली टोलीमा आफ्नो स्थान गुमाउन सक्ने स्थितिमा पुगेका देब्रहाते ह्युजले आक्रामक खेल्दै १६ चौका र १ छक्का प्रहार गरे। दिनको अन्तिम बलमा कट बिहाइन्डको अपिलबाट जोगिएका उनी ९९ रनमा रिभ्युबाट पनि आउट हुनबाट जोगिए। त्यही ओभरमा चानाका वेलेगेदारालाई कट गरी २ रन बटुली ह्युजले तेस्रो टेस्ट सतक पूरा गरे।
अस्ट्रेलियाबाट शेन वाटसन २१, शन मार्श १८ र पूर्वकप्तान रिकी पोन्टिङ २८ रन बनाई आउट भए। यसअघि उपकप्तान एन्जेलो म्याथ्युजले अविजित सतक बनाउँदा श्रीलंकाले पहिलो इनिङका आधारमा राम्रो अग्रता लिएको थियो। म्याथ्युजले अविजित १ सय ५ रन बनाउँदा ४२८-६ बाट अघिल्लो दिनको खेल सुरुआत गरेको श्रीलंकाले त्यसमा ४५ रन थपेको थियो।
व्यक्तिगत ८५ रनबाट दिनको खेल प्रारम्भ गरेका म्याथ्युजले सतकीय इनिङमा १० चौका प्रहार गरे। २४ वर्षे म्याथ्युजले शृंखलामा श्रीलंकाको ब्याटिङ अस्तित्व जोगाएका छन्। पहिलो टेस्टमा ९५ रन बनाएका उनले दोस्रो टेस्टमा पनि ५८ रन बनाए। भोजनको ठीकअगाडि श्रीलंका ४ सय ७३ रनमा समेटियो। तीब्र बलर पिटर सिडेलले ४ विकेट लिए। ट्रेन्ट कोपल्यान्ड र मिचेल जोन्सनले २-२ विकेट लिए।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय