Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Jun 04th

कोच्ची निष्काशित

E-mail Print
(0 votes, average 0 out of 5)
मुम्बई, असोज ३ (एजेन्सी)- कोच्ची टस्कर्स केरेलालाई आर्थिक मापदण्ड पूरा गर्न नसकेका कारण सोमबार महँगो इन्डियन प्रिमियर लिगबाट निष्काशन गरिएको छ। कोच्चीलाई सम्झौताविपरीतको आर्थिक अवस्थाका कारण हटाइएको भारतीय क्रिकेटका प्रमुख एन श्रीनिवासनले बताएका छन्।

गतवर्ष मात्र आइपिएलमा डेब्यु जनाएको कोच्चीले १० टोलीको प्रतियोगितामा गत सिजन आठौं स्थान पाएको थियो। अर्को प्रतियोगिता २०१२ को अप्रिलमा हुनेछ। कोच्चीमा यसअघि पनि स्वामित्वको विषयलाई लिएर विवाद भएको थियो। तर भारतीय क्रिकेटको सर्वोच्च निकाय बिसिसिआईले छानबिनपश्चात् टोलीलाई सफाइ दिएको थियो।
२००८ मा सुरु भएयता आइपिएल अन्तर्राष्ट्रिय क्रिकेट क्यालेन्डरमा महŒवपूर्ण स्थान ओगट्न सफल भइसकेको छ। विश्वभरका स्टार खेलाडीलाई भारतीय व्यावसायिक क्रिकेटमा आकर्षित गर्न सफल भए पनि बारम्बार आर्थिक विवादले भने यो महŒवाकांक्षी प्रतियोगितालाई सताइरहेको छ। आर्थिक हिनामिनाकै आरोपमा गतवर्ष आइपिएल प्रमुख ललित मोदीलाई बर्खास्त गरिएको थियो।
भारतका भिभिएस लक्ष्मण, श्रीलंकाका माहेला जयबर्द्धने र न्युजिल्यान्डका ब्रेन्डन म्याककलमलगायतका स्टारले गत सिजन कोच्चीबाट खेलेका थिए।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय