Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Jun 04th

लोकेन्द्र धर्मश्री च्याम्पियन

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असोज ३ (नागरिक)- मस्कल वर्ल्ड जिमका लोकेन्द्र परियारले सोमबार १२औं धर्मश्री राष्ट्रव्यापी खुला शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन्।
नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा सोमबार साँझ सम्पन्न धर्मश्री उपाधिका लागि झापाली बडीविल्डर लोकेन्द्रले नरेश दिवाकर, सचित प्रधान, श्याम श्रेष्ठ, सञ्जिवकुमार श्रेष्ठ र महेश्वर महर्जनलाई ओभरअल च्याम्पियनसिपमा पछाडि पार्दै उपाधिसहित १ लाख ५० हजार रुपियाँ नगद पुरस्कार जितेका थिए।
  लोकेन्द्र ७५ केजीमाथि तौल समूहका विजेता हुन्।
उपविजेता आयोजक नेपाल व्यायाम मन्दिरका श्यामले नगद ७५ हजार र तेस्रो भएका कालिमाटी फ्रेन्डसिप जिमका सचितले ५० हजार रुपियाँ प्राप्त गरे। चौथो व्यायाम मन्दिरका सञ्जिवकुमारले ४० हजार, पाँचौं युनिभर्सल जिमका महेश्वरले ३५ हजार तथा छैठौं एक्टिभ फिजिकल फिटनेसका नरेशले २५ हजार रुपियाँ पुरस्कार पाएका थिए।
हेभीवेट विधाका लोकेन्द्रले समूह चरणमै दुईपटकका साबिक विजेता सानु गुरुङलाई निराश पारेका थिए। सानुले पराजयमा असन्तुष्टि जनाउने क्रममा निर्णयमाथि विरोधसमेत जनाए। सानु र उनका समर्थकले प्रज्ञा प्रतिष्ठानको हलमा विरोध जनाउने क्रममा स्टेजमा क्षति पुर्‍याउने प्रयास गरेपछि सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिनुपरेको थियो।
नरेश ५५ केजी, सचित ६० केजी, श्याम ६५ केजी, सञ्जिवकुमार ७० केजी तथा महेश्वर ७० केजी तौलबाट विजेता बनेर ओभरअलमा पुगेका थिए। प्रतियोगिता दौरान पोलियोबाट पीडित पुरुषोत्तम प्रजापती साहुखलले पनि शारीरिक सुगठनका पोजहरू प्रस्तुत गरेका थिए। उनीसँगै पूर्व विजेता हरिश श्रेष्ठले शारीरिक सुगठनको शैलीमा हांस्य नृत्य प्रस्तुत गरे। नरेशको तौलमा व्यायाम मन्दिरका सुजन तामाङ र प्राइम फिटनेसका विकास यादव दोस्रा र तेस्रा भए। सुजनले १० र विकासले ५ हजार पुरस्कार पाए।
६० केजीमा व्यायाम मन्दिरका ज्ञाननारायण महर्जन उपविजेता र रामहरि खनाल तेस्रा भए। यसैगरी ६५ केजीमा रोबोस्ट जिम भक्तपुरका प्रकाश चुयाल्याधो र कालिमाटी फ्रेन्डसिपका देवेन्द्र वज्राचार्यले दोस्रो र तेस्रो स्थान प्राप्त गरे। यो स्पर्धामा विजेता छान्न कठिन हुँदा सहभागीले सेभेन पोज दोहोर्‍याउनुपरेको थियो। ७० केजीमा व्यायाम मन्दिरका अर्जुन वर्णलाल र प्लाटिनियम फिजिकल फिटनेसका मुक्तिराज राई दोस्रो र तेस्रो भए। ७५ केजीमा प्रफेक्ट जिमका किरण श्रेष्ठ उपविजेता हुँदा कालिमाटी फ्रेन्डसिपका बिरु महर्जन तेस्रो भए भने ७५ केजीमाथि (हेभीवेट) कान्टिपुर फिटनेस सेन्टरका सानु गुरुङ उपविजेता र रोयल्स जिमका विमलजंग शाही तेस्रो भए। सबै स्पर्धाका उपविजेताले १० हजार तथा तेस्रोले ५ हजार रुपियाँ पुरस्कारस्वरुप पाएका थिए।
सहिद धर्मभक्त माथेमाको स्मृतिमा आयोजित प्रतियोगिताको फाइनलमा ओभरअल विजेता छान्न सबै ६ विधाका विजेताले सेभेन पोज दिएका थिए। २०४२ सालबाट आयोजना भएको प्रतियोगिताको पहिलो तीन संस्करणमा विभिन्न तौल समूहको विजेतालाई मिस्टर धर्मश्री घोषणा गरिन्थ्यो। २०५० सालपछि आयोजक नेपाल व्यायाम मन्दिरले नयाँ योजनाअनुरुप एकलाई मात्र धर्मश्रीको उपाधि दिने गरेको हो। यसपटक धर्मश्रीलाई स्याकार कम्पनीको हंक मोटरसाइकलले मुख्य प्रायोजन गरेको थियो।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय