Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Jun 04th

ट्रिनिडाड विजयी

E-mail Print
(0 votes, average 0 out of 5)
दिल्ली, असोज ४ (एजेन्सी)- ट्रिनिडाड एन्ड टोबागोले च्याम्पियन्स लिग ट्वान्टी-२० मा लिसेस्टरसायर फोक्सलाई ५१ रनले पराजित गरेको छ। राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा पहिला ब्याटिङ गरेको टि्रनिडाडले २ विकेट गुमाई १ सय ६८ रन बनाएको थियो भने जवाफमा लिसेस्टरसायरले ९ विकेट गुमाई १ सय १९ रनमात्र बनाउन सक्यो।

लेन्डी सिमोन्स र एड्रिएन बाराथले पहिलो विकेटमा १७ ओभरमा १ सय ३९ रन जोडेका थिए। सिमोन्सले ६७ र बाराथले ६२ रन बनाए। रवि रामपालले ४ विकेट लिएपछि लिसेस्टरसायरको पतन भयो। टोलीका जेम्स टेलरले अविजित ५६ रन बनाए।
सोमबार हैदराबादमा कोलकाता नाइट राइडर्सले च्याम्पियन्स लिग ट्वान्टी-२० मा अकल्यान्ड एसेसलाई २ रनले पराजित गरेको थियो। अकल्यान्डलाई अन्तिम बलमा जित पाउन ४ रन आवश्यक हुँदा ब्रेट लीको बलमा केली मिल्सले १ रनमात्र बनाउन सके।
१ सय २२ रनको लक्ष्य लिएको अकल्यान्डले ६ विकेट गुमाई १ सय १९ रनमात्र बनाउन सक्यो। लोउ भिन्सेन्टले रनआउट हुनुपूर्व ४० रन जोडे। मिल्स २० रनमा अविजित रहे। कोलकाताबाट युसुफ पठानले २ विकेट लिए।
यसअघि टस जितेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय २१ रन बनाएको थियो। म्यान अफ द म्याच मनभिन्दर विल्साले ४५ र ज्याक कालिसले ३३ रन बनाउँदै पहिलो विकेटमा ९ ओभरमा ७३ रन जोडे पनि त्यसपछि कोलकाताको इनिङ धर्मराएको थियो। अकल्यान्डबाट मिल्सले २ विकेट लिए।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय