Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Jun 04th

क्लार्कको नेतृत्वदायी इनिङ

E-mail Print
(0 votes, average 0 out of 5)
कोलम्बो, असोज ४ (एएफपी)- कप्तान माइकल क्लार्कले नेतृत्वदायी इनिङ खेल्दै सतक बनाएपछि अस्ट्रेलियाले श्रीलंकाविरुद्धको तेस्रो तथा अन्तिम टेस्ट बराबरीमा टुंग्याएर शृंखला १-० ले जितेको छ।

अस्ट्रेलियाली कप्तानका रूपमा पहिलोपटक भ्रमणमा नेतृत्व गरिरहेका क्लार्कको टोलीले गलको पहिलो टेस्ट १ सय २५ रनले जितेको थियो। वर्षाले प्रभावित दोस्रो टेस्ट बराबरीमा टुंगिएको थियो।
क्लार्कको सानदार तथा माइकल क्लार्क हसी थोरैले मात्र लगातार तेस्रो सतक बनाउन चुके पनि अस्ट्रेलियाको दोस्रो इनिङ ४ सय ८८ रनमा आएर टुंगिएको थियो। दिनको खेलको अन्ततिर अलआउट हुनुपूर्व अस्ट्रेलियाले ३ सय ३१ रनको अग्रता लियो। राजधानी कोलम्बोको सिंहालिज स्पोर्टस क्लबमा दुई ओभर ब्याटिङ गरेको श्रीलंकाले बिनाक्षति ७ रन बनाए।
क्लार्कले १ सय १२ रन बनाए भने हसीले ९३ रनको इनिङ खेलेपछि पहिलो इनिङका आधारमा १ सय ५७ रनले पछाडि परेको अस्ट्रेलियाले आश्चर्यजनक ब्याटिङ गर्दै टेस्ट बराबरीमा टुंग्याएको हो। शृंखला विजयले क्लार्कको टोलीलाई आधिकारिक टेस्ट वरियतामा श्रीलंकालाई उछिन्दै चौथो स्थानमा पुर्‍यायो।
गत मार्चमा न्युजिल्यान्डविरुद्ध १ सय ६८ रन बनाएयता २३ इनिङमा टेस्ट इनिङमा कुनै सतक बनाउन नसकेका क्लार्कले मंगलबार १४ चौका र ३ छक्का प्रहार गरे। श्रीलंकाका कुमार सांगाकारासँग मुखामुख गरेपछि धैर्य गुमाउन पुगेलगत्तै उनी देब्रेहाते स्पिनर रंगना हेराथको बललाई डिपमा क्याच दिन पुगे, जुन हेराथको छैटौं विकेट थियो। १ सय ५७ रन खर्चेर कुल ७ विकेट लिएका हेराथले २९ टेस्टमा १ सय विकेट पुर्‍याए।
हसीले सानदार प्रदर्शनलाई कायम राखे। उनले शृंखलाको ५ इनिङमा ९२.६० को औसतमा ४ सय ६३ रन बनाए। थोरैले मात्र टेस्टमा दोस्रो सतक बनाउन चुके। तिलकरत्ने दिलसानलाई दुई चौका प्रहार गरेपछि ९३ रनमा पुगेका हसी त्यही ओभरमा आउट भए। हसीले पहिलो टेस्टमा ९५ र १५ तथा दोस्रो टेस्टमा १ सय ४२ रन बनाएका थिए।
दिनको खेलको पाँचौं ओभरमा फिल ह्युज आउट भएपछि क्लार्क र हसीले पाँचौं विकेटमा १ सय ७६ रन जोडे। अस्ट्रेलियाले मंगलबार ११ रन जोडेपछि ह्युजले १ सय २६ रन बनाएर आउट भए। पहिलो पाँच विकेट लिएका हेराथलाई श्रीलंकाले ८७ ओभरपछि नयाँ बल दिएको थियो। त्यसमा जोखिम मोल्दै क्लार्कले चौका र अर्को बलमा छक्का प्रहार गरी अर्द्धसतक पूरा गरे। हेराथलाई मिडअनमा आफ्नो १४औं चौका प्रहार गरी क्लार्कले आफ्नो १५औं टेस्ट सतक पूरा गरे। क्लार्कले सबै ३ छक्का हेराथको बलमा हिर्काए।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय