Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Jun 04th

फुटबलमा नेपाल दक्षिण एसियाको शीर्षस्थानमै

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असोज ५ (नागरिक)- नेपाल लगातार दोस्रो महिना फिफा वरियतामा दक्षिण एसियाली राष्ट्रमध्ये शीर्षस्थानमा रहन सफल भएको छ। सेप्टेम्बर महिनाका लागि विश्व फुटबल महासंघ (फिफा) ले बुधबार सार्वजनिक गरेको वरियतामा नेपाल दुई स्थान माथि उक्लदै १ सय ३४ औं स्थानमा रहेको छ। नेपालको कुल १ सय ९३ अंक छ।
गत महिना नेपाल दक्षिण एसियाली राष्ट्रको शीषस्तामा पुगेको थियो। वरियता क्रममा सुधार ल्याएको बंगलादेश १ सय ३८ औं स्थानमा छ। भारत पुनः चार स्थान झदै १ सय ६२ औं स्थानमा छ। त्यस्तै माल्दिभ्स १ सय ६५ औं, पाकिस्तान १ सय ७० औं, श्रीलंका १ सय ७६ औं र भुटान २ सयौं स्थानमा छन्। फिफा वरियताको शीर्षस्थानमा स्पेन छ भने दोस्रोमा नेदरल्यान्ड्स र तेस्रोमा जर्मनी छ।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय