Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Jun 04th

नेपाली तेक्वान्दोका संस्थापकको चिन्ता

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असोज ५ (नागरिक) - सन् १९८०को दशकमा नेपालमा तेक्वान्दो भित्र्याएका दक्षिण कोरियाली प्रशिक्षक सिन जाए क्युनले नेपाल भित्र खेलमा देखिएको विवाद प्रति दुःख प्रकट गरेका छन्। साथै उनले नेपालमा तेक्वान्दो खेल प्रतिको आफ्नो सहयोग जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

'दुई वटा तेक्वान्दोबीचको विवादका कारण मलाई नेपाली विरोधी भनेर चलाइएको हल्लाबाट मैले दुखी तथा अपमानित महसुस गरेको छु।' नागरिकलाई अमेरिकाबाट पठाएको इमेलमा उनले अगाडि भनेका छन्, 'नेपाल प्रतिको मेरो सद्भाव तीन दशक अघि सुरु भएको हो। सन् १९८०को सुरुवाती समयमा मैले तेक्वान्दोलाई यस देशमा चिनाउन आफ्नो परिवारलाई काठमाडौं ल्याएको थिए। अन्ततः मार्शंल आर्ट्स प्रतिको मेरो गहन पृष्टभूमीले नेपाललाई इतिहासमै ओलम्पिक पदक भित्र्याउन मदत गरेको थियो।' सन् १९८८ मा दक्षिण कोरियाको राजधानी सोलमा भएको ओलम्पिकमा प्रदर्शन खेलका रुपमा राखिएको तेक्वान्दोमा कास्य पदक जितेका विधान लामालाई प्रशिक्षित गरेका सिनले भने।
तर नेपाली तेक्वान्दोमा आजीवन योगदान दिएपछि आफू विरुद्ध चलाइएको हल्लाका कारण निकै दुःख लागेको बताउदै उनले विज्ञप्तिमा अगाडि भनेका छन्, 'म अमेरिकाको पोर्टल्यान्डमा वसाई सरेपछि सफलतापूर्वक स्थापना गरेको वेष्टकोस्ट तेक्वान्दो संघको प्रायोजनका कारण ६० भन्दा बढी नेपाली परिवार अमेरिकामा वसाई सर्न सफल भएका छन्।' उनले अगाडि लेखेका छन्, 'पछिल्लो तीन दसकदेखि मैले पोर्टल्यान्ड आउने हरेक नेपालीलाई विमानस्थलबाट आफ्नै गाडीमा ल्याउदै आएको छु। र उनीहरूलाई हरेक किसिमले सक्दो सहयोग गर्दै पनि आएको छु।'
इन्टरनेशलन तेक्वाक्दो एसोसिएसन र इन्टरनेशनल तेक्वान्दो युनियनबीचको प्रतिस्पर्धाका कारण आफू विरुद्ध नेपाली विरोधी काम गरेको हल्ला चलाइएको बताउदै उनले त्यसबाट आफू आहत भएको उल्लेख गरेका छन्।
पछिल्लो २३ वर्षमा आफूले प्रशिक्षित गर्नुका साथै प्रयोजन गरेकाले आफ्नो वेग्लै तेक्वान्दो संघ स्थापना गरेर प्रतिस्पर्धी बन्दा समेत त्यसलाई सहज रुपमा लिनुकासाथै उनीहरूको व्यक्तिगत निर्णयलाई सम्मान गरेको बताउदै सिनले अगाडि भनेका छन्, 'तर तिनै व्यक्तिहरूले अहिले युएस वेष्ट कोस्ट तेक्वान्दो एसोसिएसनलाई चुनौति दिनुकासाथै नेपाली तेक्वान्दो समुदायभित्र मेरो भूमिकाको आलोचना गरिरहेका छन्। तर मैले उनीहरूको यो व्यवहारको प्रतिशोध लिने सोच समेत गरिन।'
उनले आफूले नेपाली जनता, तेपाल तेक्वान्दो एसोसिएसनकासाथै अमेरिकामा रहेका नेपाली आप्रवासी प्रतिको आफ्नो सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै अगाडि भनेका छन्,' म मेरा नेपाली प्रतिस्पर्धीहरूले फैलाएको सबैखाले नकारात्मक हल्ला त्यसै सेलाएर जाओस भन्ने कामना गर्द छु।'
विज्ञप्तिको अन्त्यमा उनले भनेका छन्, 'म प्रथम माउन्ट एभरेष्ट इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिपको पूर्ण सफलताको कामना गर्दछु।'
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय