Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Jun 04th

जिएन पिइरो बर्खास्त

E-mail Print
(0 votes, average 0 out of 5)
मिलान, असोज ५ (एजेन्सी)- इन्टर मिलानले ३ महिना र पाँच खेल नबित्दै प्रशिक्षक जिएन पिइरो गास्पेरिनीलाई बर्खास्त गरेको छ। जेनेवाका पूर्वप्रशिक्षक ५३ वर्षे गास्पेरिनीको प्रशिक्षणमा इन्टरले इटालियन सिरी 'ए' का ४ खेलमा एक अंकमात्र जोडी १७औं स्थानमा छ।

इन्टर मंगलबार नवप्रवेशी नोभारासँग ३-१ ले पराजित भएको थियो। सान सिएरोमा च्याम्पियन्स लिगको समूह चरणको खेलमा टर्किस टोली ट्राब्जोनस्पोरसँग १-० ले पराजित इन्टरलाई अगस्टमा इटालियन सुपर कपमा छिमेकी प्रतिद्वन्द्वी एसी मिलानले पराजित गरेको थियो। ब्राजिलियन लिओनार्डोको स्थानमा गास्पेरिनीले इन्टर सम्हालेका थिए। लिओनार्डो अहिले पेरिस सेन्ट जर्मेनमा छन्।
'बुधबारको अभ्यास डानिली बेर्नाजानी र गुइसेपी बारेसीले हेर्ने छन्,' इन्टरले आफ्नो विज्ञप्तिमा भनेका छन्। इन्टर शनिबार सिरी 'ए' खेलका लागि बोलोनिया भ्रमणमा जाँदैछ भने त्यसको चार दिनपछि रुसमा सिएसकेए मस्कोसँग च्याम्पियन्स लिगमा खेल्ने छ। एन्ड्रे रानोचियाले ८६औं मिनेटमा रातो कार्ड पाएर १० जनामा खेल अन्त गरेको इन्टरबाट मंगलबार इस्टेबान काम्बियासोले ८९औं मिनेटमा गोल गरेका थिए।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय