Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Jun 04th

दीपक लक्ष्य पूरा गर्न अजरबैजान

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असोज ६ (नागरिक)- १६औं एसियाली खेलकुदका कांस्य पदक जितेयता नेपाली बक्सर दीपक महर्जनले लन्डन ओलम्पिक २०१२ को छनोट नै आफ्नो लक्ष्य बताउँदै आएका छन्।
 

त्यही लक्ष्य पूरा गर्न दीपकसहित ४ सदस्यीय बक्सिङ टोली बिहीबार अजरबैजान प्रस्थान गरेको छ। अजरबैजानको बाकुमा असोज ९ देखि २१ सम्म विश्व बक्सिङ च्याम्पियनसिप खेल्न उनी त्यसतर्फ गएका हुन्।

विश्व च्याम्पियनसिपबाटै ओलम्पिकलाई छनोट हुनेछ। १ सय २७ राष्ट्रका ६ सय ८५ खेलाडी प्रतिस्पर्धा बन्ने च्याम्पियनसिपबाट १० तौलका ९२ खेलाडी सोझै लन्डन ओलम्पिकलाई छनोट हुने नेपाल बक्सिङ संघका महासचिव राजीव श्रेष्ठले बताए। विश्व च्याम्पियनसिपका ८ तौल समूहबाट १०-१० तथा हेभीवेट र सुपर हेभीवेटबाट ६-६ खेलाडी ओलम्पिकलाई छानिने छन्।

दीपकले लाइट हेभीवेट (८१ केजी ) र अर्का बक्सर सुदेश मानन्धरले लाइटवेट (५२ केजी) मा प्रतिस्पर्धा गर्ने छन्। मुख्य प्रशिक्षकमा प्रचण्ड शर्मा र व्यवस्थापकमा संघका सदस्य ओमनारायण श्रेष्ठ छन्। शर्मा र श्रेष्ठले शनिबार हुने वर्ल्ड कोचेज कंग्रेसमा पनि भाग लिने छन्।

प्रशिक्षक शर्मा र दीपक दुवैले नियमित प्रशिक्षण भए पनि स्पाइरिङ पार्टनर नहुँदा केही समस्या परेको बताए। 'हाम्रो मनोबल उच्च छ। तयारी पनि ठिकै छ। दीपकबाट उच्च प्रदर्शन आशा गरेका छौं,' शर्माले भने, 'तर यहाँ उसलाई स्पाइरिङ पार्टनर नभएर केही समस्या भयो। बीचमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकाले त्यो अनुभव काम लाग्न सक्छ।'
दीपकले भने आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने बताए। 'ओलम्पिक खेल्ने मेरो मात्र होइन बक्सिङ संघ र सारा देशवासीको सपना हो,' उनले भने, 'छनोट हुन पूरा प्रयास गर्नेछु।'

टोलीको बिदाई गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले भने, 'ओलम्पिक पुगेर हार्नु जित्नु आफ्नो ठाउँमा छ। तर हाम्रा लागि ओलम्पिकमा उपस्थिति नै महत्त्वपूर्ण हो। त्यसैले राखेपमात्र होइन देश नै तपाईको पछाडि छ। '

संघका अध्यक्ष रविराज थापाले विश्व च्याम्पिनसिपलाई बक्सिङको कुम्भमेलाको संज्ञा दिँदै दीपकलाई ओलम्पिक छनोटलाई अर्जुनदृष्टि बनाउन सुझाए।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय