नयाँ दिल्लीको अदालत बाहिर बम विस्फोट, नौको मृत्यु

E-mail Print
(0 votes, average 0 out of 5)
नयाँ दिल्ली, भदौ २१ (एजेन्सी)- भारतको राजधानी नयाँ दिल्लीको उच्च अदालतबाहिर आज बिहान भएको बम विस्फोटमा नौ जनाको मृत्यु भएको टाइम्स अफ इन्डियाले जनाएको छ। घटनामा ४५ जना घाइते भएको प्रहरीले बताएको छ।
दिल्ली दमकलका एक अधिकारीले दिल्ली उच्च अदालतको गेट नम्बर पाँच बाहिर एउटा विस्फोट भएको जानकारी दिएका छन्। 
 

विस्फोटको कारण थाहा हुन सकेको छैन। विस्फोट बिहान सवा १० बजेतिर भएको बताइएको छ।  विस्फोट स्थल प्रधानमन्त्री कार्यालय र संसद भवनबाट धेरै टाढा छैन। थप विवरण आउन बाँकी छ। 

पछिल्लो पटक भारतको मुम्बईमा जुलाई १३ मा भएको बम आक्रमणमा २६ जनाको मृत्यु भएको थियो।

पाकिस्तानमा पनि
आजै अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको क्वेटा सहरमा भएका दुई विस्फोटमा कम्तिमा २० जनाको मृत्यु भएको छ भने कयौँ घाइते भएका छन्। पहिलो विस्फोट डीआइजीको घर बाहिर कार बमका रुपमा भएको थियो भने भने अर्को विस्फोट घरभित्रै एक आत्मघाती आक्रमणकारीले गराएको अल जजिराले जनाएको छ।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

विश्व

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय